२२ असार २०८३, सोमबार | July 6, 2026

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन



बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा विमोचन गरिएको छ । बरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले साहनीका कथा सग्रह ‘मुलतबी’ निबन्ध संग्र्रह ‘अध्ययन, अनुभव र अनुभूति’ तथा उपन्यास ‘रूपान्तरण’ को संयुक्त रूपमा विमोचन गरेका हुन्।

पाठक मञ्च बुटवलद्धारा आयोजित विमोचन कार्यक्रममा बोल्दै लेखक संग्रौलाले साहित्य समाजलाई चेतना, विचार र परिवर्तनको दिशामा अग्रसर गराउने महत्वपूर्ण माध्यम भएको बताए। प्रगतिशील साहित्यले समाजमा सचेत नागरिक उत्पादन गर्न योगदान पु¥याउने भएकाले यसको भूमिका अझ महत्वपूर्ण रहेको उनको भनाइ छ ।

उनले वर्तमान राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै कम्युनिस्ट पार्टीहरू धार्मिक संस्थाजस्ता देखिन थालेको उल्लेख गरे । सिमान्तकृत समुदाय र सुकुम्बासी बस्तीमाथि डोजर चल्दा समेत कम्युनिस्ट पार्टीहरू मौन बस्नु विडम्बनापूर्ण भएको उल्लेख गर्दै लेखक संग्रौलाले सामाजिक न्याय, समानता र जनपक्षीय मुद्दामा राजनीतिक दलहरू थप जिम्मेवार बन्नुपर्ने धारणा राखे ।

लेखक दिल साहनीले तीनवटै पुस्तकमा आफूले देखेका, भोगेका र अनुभूत गरेका यथार्थ घटनालाई समेट्ने प्रयास गरेको बताए । नेपालदेखि भारतको आसाम हुँदै बर्मासम्मका सामाजिक परिवेश, संघर्ष, मानवीय सम्बन्ध तथा जीवनका विविध आयामलाई साहित्यिक शैलीमा प्रस्तुत गरिएको उनले बताए ।

कार्यक्रममा लेखक रामचन्द्र श्रेष्ठ, सुमिना, लक्ष्मी सुनार, यज्ञ प्रसाद न्यौपाने तथा रुद्र ज्ञवालीले विमोचित कृतिमाथि टिप्पणी गरेका थिए । साहनीका सिर्जनाले समाजका यथार्थ पक्षलाई कलात्मक ढंगले प्रस्तुत गरेको उनीहरुको धारणा रहेको थियो । समकालीन नेपाली साहित्यमा यस्ता कृतिले महत्वपूर्ण योगदान पु¥याउने उनीहरुले विश्वास व्यक्त गरेका छन् । चोटिलो लेख मार्फत स्थापित साहनीका यी तीन कृतिहरुहरुको बिशेषता भने फरक फरक रहेको छ ।

अध्येता तथा लेखक शंकर भण्डारीको सञ्चालन, साहित्यकार सरिता श्रीसको स्वागत तथा अधिवक्ता ज्ञानु केसीको धन्यवाद ज्ञापनमा कार्यक्रम भएको थियो । विमोचन कार्यक्रममा लुम्बिनी इन्टिग्रेटेड एकेडेमि र ज्ञानपुञ्ज बोर्डिङ स्कूलले सहकार्य गरेका थिए ।

कार्यक्रममा साहित्यकार, लेखक, पाठक तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । पाठक मञ्च बुटवलले स्वतन्त्र रुपमा पठक संस्कृतीको विकासका लागि साहित्यिक गतिविधि गर्ने गरेको मञ्चका सदस्य माधव गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ९ : ४९ बजे

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा

बाल विकास केन्द्रलाई लायन्स क्लबको सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिका वडा नं.

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज । यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ