२८ असार २०८३, आइतबार | July 12, 2026

स्पेनसँगको हारपछि पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले दिए राजीनामा



काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्पेनसँग १-० गोलअन्तरले पराजित भएसँगै पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पदबाट राजीनामा दिएका छन् । विश्वकपको प्रारम्भिक नकआउट चरणमै पोर्चुगलको यात्रा टुंगिएपछि उनले टोलीको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका हुन् ।

स्पेनविरुद्धको प्रतिस्पर्धात्मक खेल इन्जुरी समयको पहिलो मिनेटमा निर्णायक मोडमा पुगेको थियो । वैकल्पिक खेलाडी मिकेल मेरिनोले ९१ औँ मिनेटमा गरेको गोल नै स्पेनलाई क्वाटरफाइनलमा पुर्‍याउन पर्याप्त बन्यो । उक्त हारसँगै पोर्चुगलको विश्वकप अभियान समाप्त भएको हो ।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक मार्टिनेजले हारलाई स्वीकार गर्दै पनि टोलीको प्रदर्शनलाई असफलता भन्न नमिल्ने बताए । उनले खेलाडीहरूले मैदानमा आफ्नो सम्पूर्ण क्षमता प्रदर्शन गरेको उल्लेख गर्दै यस्तो नतिजा फुटबलको स्वाभाविक पक्ष भएको प्रतिक्रिया दिए ।

मार्टिनेजले विश्व फुटबलका महान् खेलाडीमध्ये एक मानिने कप्तान क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा पनि यही खेलसँगै समाप्त भएको उल्लेख गरे । उनका अनुसार रोनाल्डोको बिदाइसँगै पोर्चुगिज फुटबलको एउटा महत्वपूर्ण अध्याय टुंगिएको छ र अब नयाँ पुस्तालाई केन्द्रमा राखेर टोलीलाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेको छ ।

४१ वर्षीय रोनाल्डोले पनि आफ्नो अन्तिम विश्वकप खेल आँसुसहित टुंग्याएका छन् । उनले आफ्नो करियरभर विश्वकपको उपाधि जित्न नसके पनि व्यक्तिगत रूपमा धेरै ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक २७ खेल खेल्ने र ११ गोल गर्ने खेलाडीका रूपमा उनले आफ्नो नाम स्थापित गरेका छन् ।

यस्तै, रोनाल्डोले लगातार छ वटा विश्वकप संस्करणमा गोल गर्ने दुर्लभ कीर्तिमान पनि आफ्नो नाममा राखेका छन्, जुन अहिलेसम्म कुनै अन्य खेलाडीले बनाउन सकेको छैन ।

मार्टिनेजको राजीनामासँगै अब पोर्चुगल फुटबल महासंघले नयाँ मुख्य प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ । पोर्चुगलले अब आगामी अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गर्दै नयाँ नेतृत्वमा टोली निर्माणको तयारी गर्नेछ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ७ : २९ बजे

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास