२८ असार २०८३, आइतबार | July 12, 2026

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

कामदारको लापरबाही स्वीकार, सुधारको प्रतिबद्धता



बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको लापरबाहीका कारण बिरयानीमा प्लास्टिकको पञ्जा परेको हुन सक्ने स्वीकार गर्दै आगामी दिनमा यस्तो कमजोरी दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन् । केही दिनयता सामाजिक सञ्जालमा चर्चित बनेको उक्त विवाद अन्ततः आपसी सहमतिमा टुंगिएको छ ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देही र बुटवल मोबाइल व्यवसायी संघको पहलमा उपभोक्ता र सम्बन्धित व्यवसायीबीच छलफल गरी विवाद समाधान गरिएको हो । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधवकुमार खनालका अनुसार दुवै पक्षबाट प्राप्त निवेदनका आधारमा छलफल गरी सहमति जुटाइएको हो ।

केही दिनअघि एक उपभोक्ताले घर लैजान खरिद गरेको मट्का बिरयानीमा प्लास्टिकको पञ्जा भेटिएको भन्दै भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । भिडियो भाइरल भएपछि प्रहरी, प्रशासन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सम्बन्धित बिरयानी हाउसको अनुगमन गरी आवश्यक सुधारका लागि सुझाव दिएको थियो ।

सञ्चालक खड्काले घटनापछि व्यवसायमा उल्लेख्य गिरावट आएको बताउँदै सामाजिक सञ्जालमा विषय निरन्तर चर्चामा रहँदा आफूले व्यक्तिगत रूपमा समेत अपमानजनक टिप्पणी र आलोचना सहनुपरेको गुनासो गरे । सम्बन्धित निकायबाट अनुगमन भइसकेपछि पनि विषयलाई अनावश्यक रूपमा उचालिँदा व्यवसायमा नकारात्मक असर परेको उनको भनाइ छ ।

उपभोक्ता मुक्ति न्यौपानेले भने व्यवसायीबाट समयमै उचित प्रतिक्रिया नपाएपछि आफूले भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको बताए । त्यसपछि अपेक्षाभन्दा बढी नकारात्मक टिप्पणी, गालीगलौज र मानसिक तनाव झेल्नुपरेको उनले सुनाए ।

छलफलका क्रममा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, उपभोक्ताको गुनासोप्रति व्यवसायीको संवेदनशीलता तथा तथ्य पुष्टि नगरी सामग्री भाइरल बनाउँदा पर्ने सामाजिक र व्यावसायिक असरबारे पनि छलफल भएको थियो ।

विवाद समाधानका लागि बुटवल मोबाइल व्यवसायी संघका अध्यक्ष दिपेन्द्र पाण्डे, निवर्तमान अध्यक्ष शिवदेव अर्याल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका निवर्तमान अध्यक्ष लेखनाथ भण्डारी, वरिष्ठ उपाध्यक्ष अर्जुन थापा तथा सचिव तुल्सीराम पराजुलीले सहजीकरण गरेका थिए ।

छलफलपछि दुवै पक्षले आगामी दिनमा आपसी संवादलाई प्राथमिकता दिने, उपभोक्ताको गुनासो समयमै सम्बोधन गर्ने तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ७ : २९ बजे

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास