२४ श्रावण २०८३, आइतबार | August 9, 2026

चीनका लागि ७ पूर्वराजदूतहरूको प्रश्न : के नेपालको एक चीन नीति बदलिएको हो ?

दलाई लामाको जन्मोत्सव कार्यक्रममा विदेशी कूटनीतिज्ञहरूको सहभागिता प्रति आपत्ति



काठमाडौँ । काठमाडौँमा हालै सम्पन्न दलाई लामाको जन्मोत्सव कार्यक्रममा विदेशी कूटनीतिज्ञहरूको सहभागितालाई लिएर चीनका लागि नेपाली पूर्व राजदूतहरूले गम्भीर आपत्ति जनाएका छन्।

उनीहरुले एक संयुक्त प्रेस वक्तव्य जारी गर्दै असार २२ गते नागार्जुन नगरपालिका–२ स्थित नामग्याल विद्यालयमा १४औँ दलाई लामाको ९१औँ जन्मोत्सव मनाइएको र सो क्रममा विदेशी नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको भन्दै आपत्ति जनाएका हुन् ।

पूर्व राजदूतहरू राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णु पुकार श्रेष्ठ र कृष्ण प्रसाद ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालले सधैँ दृढतापूर्वक पालना गर्दै आएको ुएक चीन नीतिु विपरीत यस्ता गतिविधि हुनु निन्दनीय रहेको उल्लेख गरिएको छ।

उनीहरूले नेपाली भूमि कुनै पनि मित्रशक्तिविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धतामा अडिग रहनुपर्नेमा पनि जोड दिइएका छन्।

‘नेपालले सधैँ दृढतापूर्वक एक चीन नीति अपनाउँदै आएको, नेपालको भूमिबाट कुनै पनि मित्र राष्ट्रविरुद्ध अप्ठ्यारो हुने वा प्रतिकूल असर पार्ने कार्य नगर्ने तथा गर्न नदिने प्रतिबद्धता व्यक्त गर्दै आएको, र परराष्ट्रमन्त्री शिशिर खनालको हालैको चीन भ्रमणमा समेत दोहोर्याइएको त्यो प्रतिबद्धतामा परिवर्तन आएको हो ? के हामीले छिमेकसँगको परराष्ट्र नीति बदलेका हौँ ?’ वक्तव्यमा प्रश्न गरिएको छ । पूर्व राजदूतहरुले यस्तो गतिविधि देशको स्थायित्व, विकास र स्वतन्त्रताको लागि प्रत्युत्पादक हुने भएको हुँदा हामी नेपाल सरकार लगायत सबै सरोकारवालालाई सतर्क र सचेत रहन अपिल समेत गरेका छन् । साथै भविष्यमा यस्ता गतिविधिहरू नदोहोरिने सुनिश्चितता प्रदान गर्न र छिमेकीसँगको सम्बन्धमा संवेदनशील हुन नेपाल सरकारको ध्यानाकर्षण गर्दछौँ।’

पूर्व राजदूतहरूले यो कार्यक्रम सरकारको सहमतिमा भएको हो भने त्यसले नेपाल र चीनबीचको दौत्य सम्बन्ध र नेपालले अवलम्बन गर्दै आएको भू–राजनीतिक सन्तुलनमा प्रतिकूल असर पार्ने चेतावनी दिएका छन्। यस्ता गतिविधिले देशको स्थायित्व, विकास र स्वतन्त्रतामा समेत धक्का पुग्ने उनीहरूको ठहर छ।

नेपाल सरकार र सरोकारवाला निकायहरूलाई सचेत रहन अपिल गर्दै विज्ञप्तिमा भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिने सुनिश्चितता प्रदान गर्न र छिमेकीसँगको सम्बन्धमा संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराइएको छ।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  १० : ३९ बजे

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह गोरुसिंगे जंगलमा मृत फेला

बुटवल । तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा

सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पहिलोपटक प्रतितोला ३ लाख

विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको संविधानले विविधतामा एकतालाई आत्मसात्

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार

किसुनजी आश्रम पुगेर खड्काले लिए पार्टी एकताको संकल्प

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टीका