९ भदौ २०८३, मंगलबार | August 25, 2026

सर्लाहीको लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास



सर्लाही । सर्लाहीको लालबन्दीमा गएराती गोली प्रहार गरी लुटपाटको प्रयास भएको छ ।

रातिको समयमा लालबन्दी नगरपालिका–७ र ३ को सीमास्थित सडकमा अज्ञात समूहले गोली प्रहार गरी लुटपाटको प्रयास गरेको हो ।

लालबन्दी बजारमा मोबाइल पसल सञ्चालन गर्दै आउनुभएका लालबन्दी नगरपालिका–७, का हरिप्रसाद सापकोटालाई राति पसल बन्द गरेर घर जाने क्रममा मोटरसाइकल चढेर आएका तीन जनाले लुट्ने प्रयास गरेका प्रहरीले जनाएको छ ।

‘‘लालबन्दी बजारमा मोबाइल पसल सञ्चालन गर्ने व्यक्तिलाई राति पन्छ्याएर एकान्त जस्तो ठाउँमा पुगेपछि बाटो घेरेर लुट्ने प्रयास भएको छ ।’’ जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले भने, ‘‘उहाँले प्रतिकार गरेपछि उनीहरु गोली पड्काउँदै भागेका देखिन्छ । हामी अनुसन्धानमै छौँ ।’’

मोटरसाइकलमा घर जाँदै गरेका सापकोटाले लुटेरा समूहको प्रतिकार गरेपछि उनीहरु नलकटुवा पेस्तोलबाट गोली प्रहार गरी फरार भएका उनले बताए। घटनास्थलबाट नलकटुवा पेस्तोलबाट पड्काएको गोलीको खोखासमेत प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  १२ : २२ बजे

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहमा फलफूल

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चक्लाबन्दी विधिबाट जग्गा व्यवस्थापन गरी