२६ असार २०८३, शुक्रबार | July 10, 2026

सरकारले गणेश नेपालीलाई तत्काल भारत नलैजाने



काठमाडौं । आत्मदाह प्रयासपछि गम्भीर अवस्थामा रहेका मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपालीलाई तत्काल भारत नलगिने भएको छ । उपचारमा संलग्न चिकित्सकहरूले हालको अवस्थामा स्थानान्तरण गर्नु जोखिमपूर्ण हुन सक्ने सुझाव दिएपछि सरकारले उनलाई तत्काल नयाँदिल्ली लैजाने तयारी स्थगित गरेको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार चिकित्सकहरूको प्रारम्भिक सिफारिसका आधारमा गणेश नेपालीलाई भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचारका लागि लैजान आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको थियो । सरकारले हवाई उद्धारका लागि एयर एम्बुलेन्सको व्यवस्था गर्नुका साथै उपचार खर्चसमेत सरकारी कोषबाट व्यहोर्ने निर्णय गरेको थियो ।

वीर अस्पतालको बर्न आइसियुमा भेन्टिलेटरमा उपचाररत नेपालीको स्वास्थ्य अवस्था नाजुक रहेकाले अहिलेको अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा थप जोखिम हुन सक्ने चिकित्सकहरूको निष्कर्ष छ । चिकित्सकहरूले स्वास्थ्य अवस्था स्थिर भएपछि थप उपचारका लागि भारत लैजान सकिने सुझाव दिएका छन् ।

बिहीबार दिउँसो करिब ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको अस्पताल स्रोतले जनाएको छ ।

उनको उपचार वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा भइरहेको छ । उपचार टोलीमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय टोली संलग्न रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ७ : ४१ बजे

माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत । मुगुको कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय

राष्ट्रपति पौडेलले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चारवटा विधेयक प्रमाणीकरण गरेका

वर्षामा बिपी राजमार्ग : अवरुद्ध भए आधा घण्टामै सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको

सरकारले गणेश नेपालीलाई तत्काल भारत नलैजाने

काठमाडौं । आत्मदाह प्रयासपछि गम्भीर अवस्थामा रहेका मुगुको सोरु गाउँपालिका-१