६ कार्तिक २०८३, शुक्रबार | October 24, 2026

सर्लाहीमा आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारकै क्रममा निधन



काठमाडौं । सर्लाहीमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारकै क्रममा निधन भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मण्डलको सोमबार राति करिब १२ बजे निधन भएको अस्पतालका निर्देशक डा. किरण नकर्मीले जानकारी दिएका छन् ।

सर्लाहीबाट प्रतिनिधिसभा सदस्य अमेरशकुमार सिंहले पनि सामाजिक सञ्जालमार्फत मण्डलको निधन भएको पुष्टि गरेका छन् ।

सांसद सिंहले मण्डलका परिवारप्रति समवेदना व्यक्त गर्दै आगामी दिनमा आफूबाट हुन सक्ने हरेक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

मण्डलले सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका थिए । गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो। तर, उपचारकै क्रममा उनको निधन भएको हो ।

घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको छ । यो सँगै एकसातामा आत्मदाहबाट निधन हुनेको संख्या तीन पुगेको छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ९ : ०७ बजे

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको

नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा

द्वन्द्वकालमा मोओवादी लडाकुको सुरक्षित सेल्टर अहिले पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन