१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित



बागलुङ । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु आर्थिक वर्षमा आठ नयाँ सङ्क्रमित थपिएका हुन् । यस्तै, १५ वर्षमुनिका छ जना र त्यसभन्दा माथिका २१४ जना रहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए ।

उहाँका अनुसार ११४ महिला र १०० जना पुरुष रहेका छन् । सङ्क्रमितले धवलागिरि प्रादेशिक अस्पताल बागलुङ, बुर्तिबाङ अस्पताल र बेनी अस्पतालबाट नियमित रूपमा निरोधात्मक सेवा लिइरहेको उनको भनाइ छ । सङ्क्रमितलाई गोप्य रूपमा नियमित औषधि सेवनको दायरामा ल्याउने अभियानलाई तीव्रता दिएको घिमिरेले बताए ।

उनले भने, “हामीहरूले हरेक वर्ष एचआइभी परीक्षण गर्दै आएका छौँ, अघिल्लो वर्ष २० हजारमा परीक्षण गर्दा १० जना सङ्क्रमित फेला पर्नुभएको थियो भने यस वर्ष आठ जनामा एचआइभी देखिएको छ । सङ्क्रमित हुनेहरू अधिकांश विदेशबाट फर्केर आएका छन् ।”

असुरक्षित यौन सम्पर्क, रगत लिँदारदिँदा तथा लागुऔषध प्रयोगकर्ताबाट एचआइभी सर्ने उनको भनाइ छ । समाजमा लाञ्छना र भेदभाव हुने हुँदा सङ्क्रमित पहिचान गर्न समस्या हुने गरेको छ ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ८ : ५५ बजे

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a