२८ आश्विन २०८३, बुधबार | October 15, 2026

काठमाडौँ महानगरपालिकाले गणेश नेपालीका परिवारलाई सहयोग गर्ने



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

महानगरका प्रवक्ता, नविन मानन्धरले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति महानगर परिवार स्तब्ध भएको बताए । मुगु जिल्ला घर भई हाल भक्तपुर बस्ने नेपालीले असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए । उपचारका क्रममा आज दिउँसो नेपालीको निधन भएको थियो । उनको निधनमा महानगरपालिकाले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

प्रवक्ता मानन्धरले उक्त घटनाको निष्पक्ष छानबिनका लागि नेपाल सरकार, गृह मन्त्रालयले छानबिन समिति गठन गरेको जानकारी प्राप्त भएको र उक्त समितिलाई महानगरले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । छानबिनबाट प्राप्त हुने सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदम चाल्ने पनि महानगरले स्पष्ट पारेको छ ।

महानगरले आत्मदह गरेका नेपालीको परिवारलाई मानवीय सहयोग उपलब्ध गराउने जनाएको छ । यस्तै, नेपालीको परिवारका सदस्यलाई रोजगारीको अवसर र उनका सन्ततिलाई निःशुल्क शिक्षा दिने सम्बन्धमा कार्यपालिकाको आगामी बैठकबाट विधिमम्मत रूपमा निर्णय गरिने प्रवक्ता मानन्धरले बताएका छन् ।

महानगरले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन नेपाल सरकारसँगको समन्वय र सहकार्यमा समाधानका उपाय पहिचान गर्न तथा असल अभ्यास विकास गरी कार्यान्वयन गर्न तयार रहेको जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  १० : ५६ बजे

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : ब्रोदर्स र अप्सरा विजयी

नेपालगन्ज । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा बुधबार

सांसद खगेन्द्र सुनारले गरे अडियो प्रकरणमा जोडिएकी महिलाको बचाउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले हालै

‘अव्यवस्थित पार्किङ, जिर्ण सडक र अस्वस्थ प्रतिस्पर्धाका कारण सवारी दुर्घटना बढ्यो’

नेपालगन्ज । अनुशासीत र मर्यादित भएर यातायात ब्यवसाय गर्न सके

लोककल्याणकारी विज्ञापनमा ठूलो बेरुजु : सांसद थारु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले लोककल्याणकारी विज्ञापनमा ठूलो

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका