९ भदौ २०८३, मंगलबार | August 25, 2026

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान



काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान गरेको छ ।

समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषद्बाट सिफारिस गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार, प्रमाण वा सूचना भए १० दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको हो ।

सूचनाअनुसार प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएका मानबहादुर कार्की (मोरङ) तथा निर्वाचन आयुक्तहरुमा सिफारिस गरिएका डा राजीव सुब्बा (काठमाडौं) र गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) विरुद्ध प्रमाणसहित नेपाली वा अङ्ग्रेजी भाषामा उजुरी दिन सकिनेछ ।

उजुरीमा उजुरीकर्ताको नाम, थर, ठेगाना, फोन नम्बर र स्पष्ट खुल्ने गरी जिल्ला उल्लेख गर्नुपर्नेछ । उजुरी दिँदा आधार र प्रमाणका कागजातको प्रतिलिपिसमेत संलग्न गर्नुपर्ने समितिले जनाएको छ ।

समितिका अनुसार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको सचिवालयमा बुझाउन वा जिल्ला प्रशासन कार्यालयमार्फत दस्तुरबिनै पठाउन सकिनेछ । समितिले उक्त सूचना पहिलो पटक असार २६ गते प्रकाशित गरेको जनाएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा यही असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले उहाँहरुलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ८ : १३ बजे

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त

बागमतीका मुख्यमन्त्री थापामगरले पाए विश्वासको मत

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन