१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध



कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण मोदी खोलाको पानीको सतह एक्कासी बढ्दा नदी किनारका घर, होटल तथा पूर्वाधारमा क्षति पुगेको छ ।

अन्नपूर्ण गाउँपालिका-८ र १० को सीमाना स्याउलीबजारमा रहेको दिलिप गुरुङको घर र होटल पूर्ण रूपमा बगाएको गाउँपालिकाले जनाएको छ । त्यस्तै स्थानीय जगन पुनको रेष्टुरेन्टमा पनि क्षति पुगेको छ ।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार बाढी र नदी कटानका कारण पर्यटकीय गन्तव्य घान्द्रुक जाने नयाँपुल–घान्द्रुक सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । साथै किम्रुङ खोलामाथि रहेको झोलुङ्गे पुलसमेत बगाउँदा स्थानीय बासिन्दा तथा स्वदेशी-विदेशी पर्यटकको आवतजावत प्रभावित बनेको छ ।

अध्यक्ष केसीले किम्रुङ खोलामा लेदोसहितको बाढी आएपछि मोदी खोलाको जलस्तर ह्वात्तै बढ्दा क्षति भएको बताए । उनका अनुसार एक्कासी आएको बाढीले घर, व्यवसायिक संरचना र सडकमा क्षति पुर्‍याएको हो ।

स्थानीयवासीले माथिल्लो क्षेत्रमा पहिरो खसेर खोला थुनिएको र पछि एक्कासी खुलेपछि बाढी आएको हुन सक्ने अनुमान गरेका छन् । घटनापछि स्थानीय प्रशासन र गाउँपालिकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेका छन् ।

प्रशासनले मोदी खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन, नदी किनारमा नजान तथा आवश्यक परे सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।

घटनापछि गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को टोली घटनास्थलमा पुगेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार टोलीले क्षतिको विवरण संकलन तथा आवश्यक व्यवस्थापनको काम गरिरहेको छ ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ९ : ३६ बजे

पोखरामा शव पहिचान र परीक्षण सुरु

गण्डकी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोशीको बाढीमा ज्यान गुमाएकाहरूको

भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?

काठमाडौं । भोटेकोशी बाढीमा परी सम्पर्कविहिन भएका पर्यटकको उद्दार गरिएको

नेपाललाई आपतकालीन सहयता र अन्तराष्ट्रिय उद्दारमा सघाउने चिनियाँ कम्युनिष्ट पार्टीको निर्णय

बेइजिङ । चीनले केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट

भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने

काठमाडौं । सरकारले भारत सरकारसँग सरकार–सरकार (जिटुजी) खरिद माध्यमबाट २५