१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

कर्रा खोलाको बाढीमा ट्रक बग्यो, चालक घाइते



हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित कर्रा खोलामा सोमबार बिहान आएको बाढीले एउटा ट्रक बगाएको छ । बाढीमा परेर ट्रक चालक घाइते भएका छन् ।

शिवम् सिमेन्ट उद्योगबाट चुनढुङ्गा अनलोड गरेर फर्किने क्रममा ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक कर्रा खोलामा आएको बाढीमा फसेर बगेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चितवनको रत्ननगर नगरपालिका-१३ निवासी ३४ वर्षीय दीपक थिङ घाइते भएका छन् । बाढीले ट्रक बगाए पनि चालक थिङ पौडिएर सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए ।

घटनामा उनको खुट्टामा गम्भीर चोट लागेको बताइएको छ । घाइते थिङको हेटौँडास्थित एक निजी मेडिकलमा उपचार भइरहेको छ ।

लगातारको वर्षासँगै नदी तथा खोलाहरूमा पानीको बहाव बढेकाले प्रशासनले जोखिमयुक्त क्षेत्रबाट सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ११ : २९ बजे

भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने

काठमाडौं । सरकारले भारत सरकारसँग सरकार–सरकार (जिटुजी) खरिद माध्यमबाट २५

अनधिकृत रुपमा रकम सङ्कलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रुपमा

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, नदी किनारमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना