२९ असार २०८३, सोमबार | July 13, 2026

सभामुखप्रति कांग्रेसको असन्तुष्टि : ‘विपक्षको नाडी छाम्ने होइन, निष्पक्ष भूमिका निर्वाह गरुन!’



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालको भूमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको आरोप लगाएका छन्।

सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सभामुखले विपक्षी दलहरूको ‘नाडी छाम्ने’ प्रयास नगरी संसद्को संरक्षकका रूपमा निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन्।

सभामुख कुनै पनि राजनीतिक दलको प्रतिनिधि नभई सम्पूर्ण संसद्को साझा अभिभावक भएको स्मरण गराउँदै आङ्देम्बेले सदन सञ्चालनका क्रममा आफ्नो संवैधानिक भूमिका स्पष्ट रूपमा बुझ्नुपर्नेमा जोड दिए।

उनले संसद्मा कुनै विषयमा विपक्षी दलहरूले विरोध जनाउँदा सबै दलको तर्फबाट एक जनालाई मात्र बोल्न दिने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै प्रत्येक दललाई आफ्नो धारणा राख्ने अवसर उपलब्ध गराइनुपर्ने बताए।

‘संसद्मा विरोध भएपछि विपक्षी दलहरू सबैले बोल्न पाउनुपर्छ। संसद्भित्र विपक्षको नाडी छाम्ने काम हुनु हुँदैन’, उनले भने, ‘सदन सञ्चालन गर्ने सभामुखले आफू कुनै दलको नभई सम्पूर्ण संसद्को सभामुख भएको कुरा बुझेर अघि बढ्नुभयो भने काम गर्न सहज हुन्छ।’

आङ्देम्बेले सत्तापक्षका सांसदबाट पटक–पटक विवादास्पद अभिव्यक्ति आइरहँदा पनि प्रतिपक्षले संसद्को दैनिक कार्यसूची सञ्चालनमा सहयोग गर्दै आएको उल्लेख गर्दै त्यसलाई कमजोरीका रूपमा व्याख्या नगर्न चेतावनी दिए।

ूप्रतिपक्षले देखाएको सहृदयतालाई कमजोरी होइन, लोकतान्त्रिक जिम्मेवारी र मित्रवत् व्यवहारका रूपमा बुझ्नुपर्छ’, उनले भने, ‘हामीले गरेका सबै निर्णय र सहकार्य मुलुकको हितलाई केन्द्रमा राखेर गरिएको हो।’

नेता आङ्देम्बेले वर्तमान संसदीय अवरोध र विवादको मुख्य कारण सत्तापक्षले विपक्षीसँग आवश्यक समन्वय नगर्नु रहेको दाबी गरे। संसद्लाई प्रभावकारी र मर्यादित बनाउन सभामुखले सबै दलबीच विश्वासको वातावरण निर्माण गर्ने भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ३ : २० बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले