३० असार २०८३, मंगलबार | July 14, 2026

पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम



जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले सफा, स्वच्छ, सुन्दर नगर बनाउने उद्देश्यका साथ आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

उपमहानगरपालिको १५ औँ नगरसभामा सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख मनोजकुमार साहले ‘स्वच्छ, सुशासित, समृद्ध पर्यटकीय तथा सांस्कृतिक जनकपुरधाम’को परिकल्पनालाई साकार पार्न पर्यटकीय पूर्वाधार विकासमा जोड दिने घोषणा गरे ।

आगामी आर्थिक वर्ष शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै नगरप्रमुख साहले अधुरा योजना सम्पन्न गरिने बताए ।

यस्तै जनकपुरधाम उपमहानगरपालिकाले आगामी आवका लागि रु दुई अर्ब ६५ करोड २० लाख ३२ हजारको बजेट प्रस्तुत गरेको छ ।

नगरसभामा वडा नं १६ का वडाध्यक्ष रामचन्द्र पञ्जियारले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ रु एक अर्ब ४२ करोड ७७ लाख नौ हजार र पुँजीगततर्फ रु एक अर्ब २२ करोड २२ लाख ५३ हजार विनियोजन गरिएको छ ।

गरी रु दुई अर्ब ६५ करोड २० लाख ३२ हजारको बजेट प्रस्तुत गर्नुभयो । प्रस्तुत बजेटमा आर्थिक विकासतर्फ रु पाँच करोड ९४ लाख ५४ हजार ४०८ र सामाजिक विकासतर्फ रु ८३ करोड २८ लाख ९८ हजार सात सय ६२ विनियोजन गरिएको छ ।

पूर्वाधार विकासतर्फ रु ९१ करोड २२ लाख ७८ हजार आठ सय ३०, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि रु ३१ करोड ७४ लाख र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ रु ५३ करोड रकम विनियोजन गरेको वडाध्यक्ष पञ्जियारले जानकारी दिए ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ९ : ११ बजे

पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ-बुर्तिबाङ खण्ड अवरुद्ध

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको

अविरल वर्षाले नवलपुरमा डुबान र पहिरो, नौ घरपरिवार प्रभावित

नवलपरासी । लगातारको वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पहिरो र

नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने

मकवानपुर । नारायणी यातायात व्यवसायी सङ्घले सामाजिक कार्यका लागि नयाँ

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर । लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा

भौतिक विकासको पर्खाइमा डडेल्धुराको पलगडी गाउँ

कञ्चनपुर । डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिका-११ स्थित पलगडी गाउँ आज