२७ भदौ २०८३, शनिबार | September 12, 2026

रुपन्देहीका कृषि व्यवसायी शशी शर्मा पौडेल पक्राउ



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर आरोपमा व्यवसायी तथा एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशिधर शर्मा (शशी शर्मा पौडेल)लाई पक्राउ गरेको छ ।

सीआईबीले नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले तयार गरेको विशेष स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाउँदै उनलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत पक्राउ गरेको जनाएको छ ।

प्रतिवेदनअनुसार एशियन भिलेज रिसोर्ट प्रालिले रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि प्रभु बैंक लिमिटेडबाट ४८ करोड रुपैयाँ कर्जा लिएको थियो । तर उक्त कर्जा लिँदा बैंकको नाममा जग्गा दृष्टिबन्धक नगरी पछि गर्ने कबुलियतनामा गरिएको र कर्जा रकम तोकिएको प्रयोजनभन्दा बाहिर प्रयोग गरिएको आरोप छ ।

अनुसन्धानका क्रममा कर्जा रकम कम्पनीका अध्यक्षसँग पारिवारिक सम्बन्ध भएका व्यक्ति तथा समूहसँग आबद्ध अन्य ऋणी कम्पनीहरूको बक्यौता भुक्तानीमा प्रयोग गरिएको देखिएको सीआईबीले जनाएको छ । यसरी कर्जा रकम दुरुपयोग गरी बैंकिङ कसुर तथा सजाय ऐनको दफा ८ विपरीतको कार्य भएको प्रहरीको निष्कर्ष छ ।

नेपाल राष्ट्र बैंकको पत्रका आधारमा अनुसन्धान थालेको सीआईबीले उच्च अदालत पाटनको अनुमति लिएर मंगलबार काठमाडौं महानगरपालिका-९ पिंगलास्थानबाट ५८ वर्षीय शर्मालाई पक्राउ गरेको हो । उनी रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ निवासी हुन् ।

शर्माले रुपन्देहीको तिलोत्तमा-१४ टिकुलीगढमा रहेको लुम्बिनी एग्रो प्रोडक्ट्स एण्ड रिसर्च सेन्टर प्रालि समेत सञ्चालन गर्दै आएका छन् ।

यसैबीच, अनुसन्धानका क्रममा पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसँग शशी शर्मा पौडेलको शंकास्पद आर्थिक कारोबार देखिएको प्रहरी स्रोतको दाबी छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारपछि शर्मामाथिको अनुसन्धान थप तीव्र बनाइएको जनाइएको छ ।

उता, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि पनि अनुसन्धान जारी राखेको छ । उनीमाथि अनुसन्धानका लागि अदालतबाट पटक–पटक म्याद थप गरिएको छ । हाल उनी हिरासतमा रहेर अनुसन्धानको सामना गरिरहेका छन् ।

सीआईबीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ७ : ५२ बजे

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित

मेरो खजुरा

त्यो बिहानले सूर्यको कलिलो किरण मात्रै ल्याएको थिएन भयावह त्रासदी

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी