२१ भदौ २०८३, आइतबार | September 6, 2026

निगमले भोलिदेखि देशभर एलपी ग्यासको भरी सिलिन्डर बेच्ने, मूल्य पनि तोकियो



काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति तथा बिक्रीवितरण प्रणालीलाई पुरानै अवस्थामा फर्काएको छ । निगमले बुधबार (असार ३१) देखि देशभर १४.२ केजी क्षमताका ग्यास सिलिन्डर पुनः बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

निगमका अनुसार १४.२ केजी क्षमताको ग्यास सिलिन्डरको मूल्य साविकबमोजिम दुई हजार ६० रुपैयाँ कायम रहनेछ ।

ग्यास आपूर्तिमा देखिएको असहज अवस्थाका कारण निगमले केही समयका लागि ७.१ केजी ग्यास भर्ने अस्थायी व्यवस्था लागू गरेको थियो । आपूर्ति अवस्था सुधार भएसँगै उक्त व्यवस्था अन्त्य गरिएको निगमले जनाएको छ ।

निगमद्वारा जारी सूचनामा इन्डियन आयल कर्पोरेशनका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट ग्यास लोडिङको अवस्था सुधार भएको र उपभोक्ताबाट १४.२ केजी ग्यास सिलिन्डरको माग उच्च रहेकाले पुरानै प्रणाली लागू गरिएको उल्लेख छ ।

हाल भारतबाट नियमित रूपमा खाना पकाउने ग्यास आयात भइरहेको निगमले जनाएको छ । आपूर्ति प्रणाली सहज रहेकाले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न पनि निगमले उपभोक्तासँग आग्रह गरेको छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ८ : ०१ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका