२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह



ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुकुमवासी समस्या समाधानका लागि साझा दृष्टिकोण निर्माण गर्न सार्वजनिक महत्वको प्रस्ताव संसद्मा अघि बढाउन संसदीय दललाई आग्रह गर्ने निर्णय गरेको छ ।

पार्टीका उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा यही असार २५ र २६ को बैठकले सुकुमवासी समस्या समाधान गर्न साझा राष्ट्रिय दृष्टि निर्माण गर्नुपर्ने आवश्यकता महसुस गरेको थियो । त्यससम्बन्धी निर्णय आज सार्वजनिक गरिएको हो । उपसभापति शर्मा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख रहेका छन् ।

प्रतिष्ठानले सुकुमवासी समस्याको दीर्घकालीन समाधान व्यवस्थित ढङ्गले गर्ने सम्बन्धमा निर्वाचनको समयमा सबै राजनीतिक दलको अलग–अलग रूपमा साझा प्रतिबद्धता व्यक्त गरेको स्मरण गरेको छ ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिष्ठानले भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्यालाई दीर्घकालीन समाधान गर्ने विषय सबैको साझा दायित्व भएको स्पष्ट पारेको छ ।

उक्त समस्या समाधानका लागि सरकार र दलहरूबीच साझा दृष्टिकोण तथा साझा कार्ययोजना जरुरी भएको निष्कर्ष निकालिएको छ ।

भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अन्तर पार्टी संवादको आवश्यकतालाई दृष्टिगत गरी प्रतिष्ठानका तर्फबाट ‘संवाद र सहजीकरण संयन्त्र’ गठन गरिएको छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १० : ५५ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु