३१ असार २०८३, बुधबार | July 15, 2026

पातेटाकुरा खोलाको पुल निर्माण सम्पन्न



दाङ । गहतेखोला बाघमारे सडकखण्डको पातेटाकुरा खोलामा निर्माण गरिएको पुल सञ्चालनमा आएको छ । शान्तिनगर गाउँपालिका वडा नं ३ मा पर्ने पातेटाकुरामा निर्माण भएको उक्त पुल मङ्गलबारदेखि सञ्चालनमा आएको हो ।

लुम्बिनी प्रदेश सरकारको लगानीमा सडक पूर्वाधार विकास कार्याालय, दाङमार्फत उक्त पुल निर्माण भएको हो । उक्त पुलले तुलसीपुर उपमहानगरपालिका-१ र शान्तिनगर गाउँपालिका-३ लाई जोड्छ ।

पुल निर्माण नहुँदा आवतजावतमा निकै कठिनाइ हुने गरेको थियो । पुल बनेपछि उक्त समस्या हटेको शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको भनाइ छ । “पुल नहुँदा बर्सातमा बाढीले छेक्ने गथ्र्यो,” उनले खुसी हुँदै भने, “खोलाले केहीलाई बगायो पनि, अब भने यो समस्या हटेर जाने भयो ।”

तोकिएको समयमै पुल निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको छ । २०८१ असार १६ गते मोरङको प्रेमा कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिले कामको पुल निर्माणको जिम्मेवारी पाएको थियो । निर्माण व्यवसायीले यही असारमा काम सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो । सम्झौताअनुरुप निर्माणसम्पन्न गरेकाले निर्माण व्यवसायीलाई सम्मान गरिएको तुलसीपुर उपमहानगरपालिका वडा नं १ का अध्यक्ष सापकोटाले जानकारी दिए ।

कुल २० मिटर लम्बाइ र १० मिटर चौडाइको उक्त पुलको ठेक्का रकम मूल्य अभिवृद्धि करसहित रु चार करोड १० लाख ४४ हजार रहेको शान्तिनगर गाउँपालिका वडा नं ३ का अध्यक्ष मीनबहादुर केसीले जानकारी दिए ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ७ : ४४ बजे

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

कीर्तिपुर । बागमती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन्

‘राज्यले नागरिकलाई आतंकित बनाएको’मा रास्वपा नेता मनिष झाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा

सिँचाइ सुविधा पुगेपछि आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा

अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका-५ बागखोरका पहिरो विस्थापित