३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

पातेटाकुरा खोलाको पुल निर्माण सम्पन्न



दाङ । गहतेखोला बाघमारे सडकखण्डको पातेटाकुरा खोलामा निर्माण गरिएको पुल सञ्चालनमा आएको छ । शान्तिनगर गाउँपालिका वडा नं ३ मा पर्ने पातेटाकुरामा निर्माण भएको उक्त पुल मङ्गलबारदेखि सञ्चालनमा आएको हो ।

लुम्बिनी प्रदेश सरकारको लगानीमा सडक पूर्वाधार विकास कार्याालय, दाङमार्फत उक्त पुल निर्माण भएको हो । उक्त पुलले तुलसीपुर उपमहानगरपालिका-१ र शान्तिनगर गाउँपालिका-३ लाई जोड्छ ।

पुल निर्माण नहुँदा आवतजावतमा निकै कठिनाइ हुने गरेको थियो । पुल बनेपछि उक्त समस्या हटेको शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको भनाइ छ । “पुल नहुँदा बर्सातमा बाढीले छेक्ने गथ्र्यो,” उनले खुसी हुँदै भने, “खोलाले केहीलाई बगायो पनि, अब भने यो समस्या हटेर जाने भयो ।”

तोकिएको समयमै पुल निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको छ । २०८१ असार १६ गते मोरङको प्रेमा कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिले कामको पुल निर्माणको जिम्मेवारी पाएको थियो । निर्माण व्यवसायीले यही असारमा काम सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो । सम्झौताअनुरुप निर्माणसम्पन्न गरेकाले निर्माण व्यवसायीलाई सम्मान गरिएको तुलसीपुर उपमहानगरपालिका वडा नं १ का अध्यक्ष सापकोटाले जानकारी दिए ।

कुल २० मिटर लम्बाइ र १० मिटर चौडाइको उक्त पुलको ठेक्का रकम मूल्य अभिवृद्धि करसहित रु चार करोड १० लाख ४४ हजार रहेको शान्तिनगर गाउँपालिका वडा नं ३ का अध्यक्ष मीनबहादुर केसीले जानकारी दिए ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ७ : ४४ बजे

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा । हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका

काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको

राष्ट्रपतिद्वारा नवकन्याको पूजार्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन

आफ्नै ‘ब्राण्ड’मा अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा दिइरहेको आइएमई ग्रुप

चितवन । आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर