२७ भदौ २०८३, शनिबार | September 12, 2026

‘राज्यले नागरिकलाई आतंकित बनाएको’मा रास्वपा नेता मनिष झाको आपत्ति

"जेनजी युवाको बलिदानको स्तरहीन र गलत अभ्यासका लागि थिएन"



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार गृह तथा अन्य स्थानमा सरकार संरक्षित व्यक्तिहरूले गाडी पार्किङ गरेर सर्वसाधारणलाई आतंकित बनाएको घटनाप्रति कडा आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै झाले यस्तो कार्य गलत भएको उल्लेख गरेका छन्। उनले घटनामा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन्।

‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ’, उनले लेखेका छन्।

झाले राज्यको दायित्व नागरिकको सुरक्षा र चिन्ता समाधान गर्नु भएको स्मरण गराउँदै राज्य स्वयंले नागरिकलाई थप आतंकित बनाउने गतिविधिमा संलग्न हुन नहुने बताएका छन्। ‘राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतङ्कित बनाउने हैन’, उनको भनाइ छ।

उनले सरकारको कार्यशैलीमाथि तीखो प्रश्न उठाउँदै ‘यस्तो बचपना देखाएर राजकाज चल्छ ?’ भन्ने प्रश्न गरेका छन्। उनले लोकतान्त्रिक परिवर्तनका लागि भएको जनआन्दोलन र युवाको बलिदानको उद्देश्य यस्तै स्तरहीन र गलत अभ्यासका लागि नभएको टिप्पणी गरेका छन्।

‘के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ? यस किसिमको कामप्रति घोर आपत्ति छ’, भन्दै झाले घटनाप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्।

रास्वपाका पूर्व प्रवक्ता रहेका झा रास्वपाभित्र अध्ययनशील र राजनीतिक चेत भएका नेतामा गनिन्छन् ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ९ : ११ बजे

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित

मेरो खजुरा

त्यो बिहानले सूर्यको कलिलो किरण मात्रै ल्याएको थिएन भयावह त्रासदी

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी