काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार छापावाल सुनको भाउ प्रतितोला ८०० रुपैयाँले वृद्धि भएको हो।
आज सुन प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन यसको मूल्य २ लाख ८४ हजार रुपैयाँ कायम थियो। त्यस्तै, १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४४ हजार १७० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन २ लाख ४३ हजार ४८५ रुपैयाँ थियो।
चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ३६० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने उतारचढाव, अमेरिकी डलरको विनिमयदर र विश्व आर्थिक गतिविधिको प्रभाव नेपाली बजारमा पनि प्रत्यक्ष पर्ने गरेको छ। यही कारण बहुमूल्य धातुको मूल्य दैनिक रूपमा समायोजन हुने गरेको व्यवसायीहरू बताउँछन्। पछिल्ला दिनमा सुनको मूल्यमा निरन्तर उतारचढाव देखिएकाले खरिद तथा लगानी गर्ने उपभोक्ताले दैनिक मूल्यसूचीलाई आधार बनाएर कारोबार गरिरहेका छन्।



















प्रतिक्रिया