२० भदौ २०८३, शनिबार | September 5, 2026

अटिजमको कथा बोकेको चलचित्र ‘गौँथली’ आजदेखि प्रदर्शनमा



काठमाडौं । अटिजमजस्ता संवेदनशील विषयवस्तुलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली चलचित्र ‘गौँथली’ आजदेखि देशभर प्रदर्शनमा आएको छ ।

चलचित्रमा अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्का मुख्य भूमिकामा छन् । अरुणले अटिजम भएका व्यक्तिको भूमिका निर्वाह गरेका छन् भने सिम्रनले बुहारीको चरित्रमा अभिनय गरेकी छन् ।

कपिल रिजाल निर्देशित चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, सन्जोग रसाइलीलगायत कलाकारहरूको समेत अभिनय रहेको छ ।

चलचित्रको कथा डा. भोला रिजालले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा निर्देशक कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेको सहकार्य रहेको छ ।

पारिवारिक सम्बन्ध, सामाजिक चेतना र अटिजम भएका व्यक्तिको जीवनसंघर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘गौँथली’ले दर्शकमाझ सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  ८ : २३ बजे

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १