६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

अटिजमको कथा बोकेको चलचित्र ‘गौँथली’ आजदेखि प्रदर्शनमा



काठमाडौं । अटिजमजस्ता संवेदनशील विषयवस्तुलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली चलचित्र ‘गौँथली’ आजदेखि देशभर प्रदर्शनमा आएको छ ।

चलचित्रमा अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्का मुख्य भूमिकामा छन् । अरुणले अटिजम भएका व्यक्तिको भूमिका निर्वाह गरेका छन् भने सिम्रनले बुहारीको चरित्रमा अभिनय गरेकी छन् ।

कपिल रिजाल निर्देशित चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, सन्जोग रसाइलीलगायत कलाकारहरूको समेत अभिनय रहेको छ ।

चलचित्रको कथा डा. भोला रिजालले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा निर्देशक कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेको सहकार्य रहेको छ ।

पारिवारिक सम्बन्ध, सामाजिक चेतना र अटिजम भएका व्यक्तिको जीवनसंघर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘गौँथली’ले दर्शकमाझ सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  ८ : २३ बजे

‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ आजदेखि प्रदर्शनमा

काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार

सुनसरी । धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका-१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

दसैँको टीकाको तेस्रो दिन पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

काठमाडौं । विजया दशमीको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको