५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन



धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ । यस क्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखको टोलीले कोशी ब्यारेजको स्थलगत अनुगमन गरेको छ ।

कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड एक लाख ५१ हजार १९५ क्युसेक पुगेको छ भने ब्यारेजका २० वटा ढोका खोलिएका छन् । कोशीमा जलप्रवाह प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक पुगेपछि उच्च सतर्कताको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ ।

अनुगमनपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले बाढी, डुबान तथा कटानको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा रहेको बताए । उनले विपद् व्यवस्थापनमा संलग्न सबै निकायको जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गरिएको तथा आवश्यक कार्यविधि पनि तयार गरिएको जानकारी दिए।

बर्खायाममा उद्धार, राहत, प्रभावितको सुरक्षित स्थानमा स्थानान्तरण तथा आवश्यक परे पुनःस्थापनाका लागि जिल्ला प्रशासन र सुरक्षा निकाय तयारी अवस्थामा रहेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले कोशी ब्यारेज पुल तथा कमजोर तटबन्धको मर्मतसम्भार गरिएको जानकारी दिँदै ठूलो बाढीका कारण कुनै स्थानमा कटान वा तटबन्धमा क्षति पुगेमा सम्बन्धित आयोजना, जिल्ला प्रशासन र सुरक्षा निकाय तत्काल परिचालन हुने गरी तयारी अवस्थामा रहेको उनको भनाइ छ ।

अनुगमनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख केशवकुमार थेबे, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका उपअनुसन्धान निर्देशक विमल घिमिरेलगायत सुरक्षा निकायका प्रतिनिधिको सहभागिता थियो ।v

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  १ : २९ बजे

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय

मोटरसाइकल दुर्घटनामा दुई बाबुछोराको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको