१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम



काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढेर दुई हजार ६७७ दशमलव ५४ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव ५१ अङ्कले उकालो लागेर ४६८ दशमलव ३८ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक पाँच दशमलव ४५ अङ्कले बढेर एक सय ८४ दशमलव ०३ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ फ्लोट सूचक भने चार दशमलव १३ अङ्कले बढेर एक सय ५८ दशमलव ५६ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड तीन लाख ८९ हजार ७७ कित्ता सेयर रु चार अर्ब ५७ करोड ५० लाख ९४ हजार सात सय २३ मूल्यमा खरिद बिक्री भएको छ ।

साथै १३ उपसमूहमध्ये १२ उपसमूह बढ्यो भने एक उपसमूह घटेको छ । आज दुई सय ५९ कम्पनीको सेयर बढ्यो भने १३ कम्पनीको सेयर घट्यो । त्यसैगरी दुई कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज श्रीनगर एग्रिटेक इन्डष्ट्रिज, सूर्यकुण्ड हाइड्रोपावर, शिखर पावर डेभलममेन्टका लगानीकर्ताले कमाएका छन् । त्यस्तै गरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, फष्ट माइक्रो फाइन्नास आरबिबि लगायतका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  ३ : ५८ बजे

डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । डेविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं । साउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकलाई

एनपीएल-३ को पहिलो अर्धशतक चितवनका मलानको नाममा

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा चितवन

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न