१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

शैक्षिक परामर्श व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन



काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ संशोधनका लागि माग गरेको छ ।

इक्यानसहित सम्बद्ध संस्थाहरूले सरोकारवाला पक्षसँग छलफल नगरी नियमावली ल्याइएको भनी आपत्ति जनाउँदै त्यसविरुद्ध उनीहरुले आज पुतलीसडक क्षेत्रमा प्रदर्शन गरेका छन् । उनीहरुले परामर्श व्यवसायका लागि रु २५ लाख धरौटीलगायत ‘अव्यावहारिक व्यवस्था’ हटाउन माग गरेका हुन् ।

संयुक्त सङ्घर्ष समितिले मन्त्रिपरिषद्को गत असार २४ गतेको निर्णयअनुसार शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा जारी सो नियमावली संशोधनका पक्षमा दबाबमूलक कार्यक्रमअनुसार प्रदर्शन गरेको हो ।

संयुक्त सङ्घर्ष समितिका अध्यक्ष दीपक गुरूङले नयाँ नियमावलीका कारण देशभरका एक हजारभन्दा बढी व्यवसायी प्रभावित हुने जानकारी दिँदै प्रत्यक्ष रुपमा सरोकार राख्ने पक्षसँग छलफल गरी नियमावली जारी गरेकामा आपत्ति व्यक्त गरे ।

आवश्यक छलफलसहित सम्बद्ध व्यवसायीका पक्षमा नियमावली ल्याउन माग गर्दै आज काठमाडौंमा प्लेकार्डसहित शान्तिपूर्ण विरोध कार्यक्रम गरेको उहाँले जानकारी दिए ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  ५ : ०९ बजे

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल

शैक्षिक परामर्श व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले शैक्षिक परामर्श, भाषा

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई