१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

घट्यो नेपालगन्ज भन्सारको राजश्व सङ्कलन, गत आवको तुलनामा १६ करोड कम राजश्व



नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा रु २० अर्ब ११ करोड ५५ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जर्नादन पौडेलका अनुसार यो राजस्व अघिल्लो आवको तुलना गत आवमा रु १६ करोड ४५ लाख कम राजस्व सङ्कलन भएको हो ।

“राजस्व सङ्कलन अघिल्लो आवको तुलनामा गत आवमा केही घटेको छ, तर अपेक्षाभन्दा कम घटेको छ”, उनले भने, “पेट्रोलियम पदार्थको आयातमा आएको कमी, भारतले चिनी निकासीमा लगाएको प्रतिबन्धलगायतका कारणले राजस्व कम भएको हो ।”

कार्यालयका अनुसार आव २०८१/८२ मा रु २० अर्ब २८ करोड ५१ लाख ८१ हजार राजस्व सङ्कलन भएकामा आव २०८०/८१ मा रु १८ अर्ब १५ करोड ७२ लाख ३३ हजार राजस्व सङ्कलन भएको थियो ।

नेपालगन्ज भन्सार कार्यालयबाट इन्धन, ट्रेक्टर तथा ट्रिलर, पोलिथिन दाना, चामल, खाद्यान्न, फलामलगायतका वस्तुको आयात बढी हुने गरेको छ । साथै जडीबुटीलगायतका वस्तु तथा सामान निकासी हुने गरेको छ ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  १ : ५२ बजे

एनपीएल-३ को पहिलो अर्धशतक चितवनका मलानको नाममा

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा चितवन

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।