१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

अविरल वर्षापछि फेरि डुब्यो माइतीघर, ट्राफिक आवागमन प्रभावित



काठमाडौं । आइतबार काठमाडौंमा परेको अविरल वर्षापछि माइतीघर मण्डल क्षेत्र फेरि जलमग्न भएको छ।

निरन्तरको वर्षासँगै सडकमा पानी जम्दा माइतीघर क्षेत्र डुबानमा परेको हो। डुबानका कारण सो क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ भने ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको छ।

ट्राफिक प्रहरीले सवारी चाप व्यवस्थापनका लागि वैकल्पिक व्यवस्थापन गरिरहेको भए पनि सडकमा पानी जमेकाले यात्रु तथा चालकले सास्ती खेप्नुपरेको छ।

माइतीघर क्षेत्रमा केही दिनअघि परेको वर्षापछि पनि यस्तै अवस्था सिर्जना भएको थियो। पटक–पटक डुबान दोहोरिनुले उक्त क्षेत्रको ढल निकास प्रणाली प्रभावकारी नभएको देखिएको स्थानीयको गुनासो छ।

स्थानीयवासीले वर्षायाम सुरु भएसँगै माइतीघरमा नियमित रूपमा डुबान हुने समस्या समाधानका लागि दीर्घकालीन ढल तथा पानी निकास व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ६ : ३६ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको