५ श्रावण २०८३, मंगलबार | July 21, 2026

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो



काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले पुँजी बजारका सरोकारवालासहित नियामक निकायका प्रमुखहरूसँग छलफल गरेको दिन नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१.७० अंकले उकालो लाग्दै २,७१९.२४ बिन्दुमा पुगेको हो।

बजारमा हरियालीसँगै कारोबार रकम पनि उत्साहजनक रह्यो। नेप्सेका अनुसार दिनभर १ करोड २२ लाख ४५ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज म्युचुअल फन्ड समूहबाहेक सबै प्रमुख उपसूचकहरू हरियो भएका छन्। बैंकिङ, विकास बैंक, जलविद्युत, वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधनलगायत अधिकांश क्षेत्रको परिसूचक बढेको छ।

कारोबार रकमका आधारमा आँगु खोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो। उक्त कम्पनीको २९ करोड १५ लाख ५२ हजार रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको नेप्सेले जनाएको छ।

बजारमा व्यापक सुधार देखिँदा २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको मात्रै शेयर मूल्यमा गिरावट आएको छ।

पुँजी बजार सुधार, लगानीकर्ता संरक्षण तथा नीतिगत सुधारका विषयमा प्रधानमन्त्रीले सरोकारवालासँग गरेको छलफलपछि बजारमा सकारात्मक मनोविज्ञान देखिएको विश्लेषण गरिएको छ। यद्यपि बजारको दीर्घकालीन दिशा भने आगामी नीतिगत निर्णय र आर्थिक गतिविधिमा निर्भर रहने जानकारहरूको भनाइ छ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ४ : ०९ बजे

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको

चौतर्फी विरोधपछि शिक्षा-स्वास्थ्यको ३ प्रतिशत कर फिर्ता लिन सरकार बाध्य

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गर्ने

ढोरपाटन आवातजावतमा सास्ती

पोखरा । ढोरपाटनका स्थानीय तथा यहाँ आउने पर्यटकले ढोरपाटन आवातजावतमा

पर्वतको बन्जीसाइड भीरबाट हाम्फालेका व्यक्तिको शव निकालियो

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका-५ स्थित बन्जीसाइडको भीरबाट हाम फालेका