१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनवाई साउन १२ र १३ गते हुने



काठमाडौं । निर्वाचन आयोगको भावी कार्यकालका लागि प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ अर्को साता हुने भएको छ ।

आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित आयुक्तहरूको सुनवाइ साउन १२ र १३ गते गर्ने भएको हो । जसअनुसार २ जना आयुक्तको सुनुवाइ साउन १२ गते र प्रस्तावित प्रमुख आयुक्तको सुनुवाइ साउन १३ गते गरिन लागिएको हो ।

गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की र आयुक्तहरूका डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।

आजको बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा प्राप्त उजुरीका विषय, प्रस्तावित व्यक्तिहरूले पेस गरेको कार्ययोजना वितरण गरिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  १२ : २९ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको