६ श्रावण २०८३, बुधबार | July 22, 2026

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा



काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता भएका छन् भने चार जना जलविद्युत् केन्द्रका कर्मचारी जोखिमपूर्ण अवस्थामा फसेका छन् ।

मंगलबार राति आएको बाढीले स्थानीय करिब ७३ वर्षीय तसमान तामाङलाई गाई-बाख्राको गोठसहित बगाएको गौरीशंकर गाउँपालिका-९ का वडाध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिए ।

उनका अनुसार सिप्रिङ खोला जलविद्युत् केन्द्र (सिनर्जी हाइड्रोपावर) मा कार्यरत कर्मचारी सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भीरको खुड्किलोमा फसेका छन् । उनीहरू रहेको स्थान पनि असुरक्षित रहेकाले तत्काल उद्धार गर्न कठिनाइ भएको बताइएको छ ।

खोलामा लगातार बाढी आइरहेकाले उद्धार कार्य प्रभावित भएको छ । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्रहरी टोली परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोज लामाले सिंगटी र रोल्वालिङ क्षेत्रबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जानकारी दिए । दुर्गम भूगोलका कारण पैदलमार्गबाट पुग्नुपर्ने भएकाले घटनास्थल पुग्न केही समय लाग्ने उनले बताए ।

स्थानीयका अनुसार बाढीले सिप्रिङ खोला जलविद्युत् केन्द्रको ड्याम क्षेत्रमा समेत क्षति पुर्‍याएको छ । साथै खोलाले दुवैतर्फको जमिन कटान गर्दा आसपासका बस्तीसमेत जोखिममा परेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ८ : ३५ बजे

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय