७ श्रावण २०८३, बिहिबार | July 23, 2026

नारायणी लिफ्ट सिँचाइ आयोजनाको १३ किलोमिटर नहर अतिक्रमणमा



चितवन । नारायणी लिफ्ट सिँचाइ आयोजनाको झण्डै १३ किलोमिटर नहर अतिक्रमणमा परेको छ । नहर भरतपुर महानगरपालिकाको सहरी क्षेत्र भएर बग्छ ।  नहरको जग्गा विभिन्न व्यक्ति, सङ्घसंस्था, समूह, र सरकारी निकायले वर्षौँदेखि ओगटेका छन् ।   अतिक्रमण बढेपछि लिफ्ट सिँचाइअन्तर्गत ‘सी’ नहर हराएर नक्सामा सीमित बन्नपुगेको छ ।
भरतपुर महानगरपालिका–१ मा पर्ने नारायणी लिफ्ट सिँचाइ विसं २०४० बाट सञ्चालनमा आएको थियो । लिफ्ट सिँचाइ प्रणालीअन्तर्गत नहर ‘ए’ बाट नारायणीको पानी तानेर नहर ‘बी’ र नहर ‘सी’ मार्फत सिँचाइका लागि छोडिन्छ ।
बी र सी नहरका शाखा नहरबाट पानी तानेर किसानले खेतबारी सिँचाइ गर्दै आएका छन् ।
भरतपुर महानगरपालिका–११ बर्सेनि,  रामबागसम्मको १३ किलोमिटर लामो ‘सीएल वान’ नहरको अधिकांश जमिन अतिक्रमणमा परेको छ ।
नारायणी लिफ्ट जल उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले खेतीयोग्य जमिन घडेरीमा परिणत हुने अवस्था आएपछि नहरको संरक्षणमा स्थानीयको चासो कम हँुदै गएको बताउनुभयो ।
नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख कुलराज चालिसेले अतिक्रमण भएको क्षेत्रमा नहरबाट पुनः पानी सञ्चालनको सम्भावना नरहेको बताए ।
उनले सीञ्चित हुने क्षेत्र खण्डीकरण भइसकेकाले  नहरको जमिनलाई स्थानीय सरकारले विधि बनाएर उपयोग गर्न सुझाव दिए ।
 स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सार्वजनिक जग्गाको रेखदेख र संरक्षणको जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ ।
नारायणी लिफ्टको अन्य नहर पनि ठाउँठाउँमा अतिक्रमणमा परेको छ । सुरुमा चार हजार ७०० हेक्टरमा सिँचाइ हुँदै आएकोमा अहिले त्यो क्षेत्र घटेर तीन हजार २०० हेक्टरमा सीमित भएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  ४ : २५ बजे

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट

नारायणी लिफ्ट सिँचाइ आयोजनाको १३ किलोमिटर नहर अतिक्रमणमा

चितवन । नारायणी लिफ्ट सिँचाइ आयोजनाको झण्डै १३ किलोमिटर नहर