२२ भदौ २०८३, सोमबार | September 7, 2026

नेपाली बजारमा बेलायतको नथिङ ब्राण्डको नया स्मार्टफोन



बुटवल । बेलायतस्थित उपभोक्ता प्रविधि ब्रान्ड नथिङको नयाँ स्मार्टफोन ‘नथिङ फोन फोरबि’ नेपाली बजारमा सार्वजनिक गरिएको छ । नेपालको प्रमुख बहुराष्ट्रिय व्यापारिक समूह चौधरी ग्रुपले उक्त स्मार्टफोनलाई आधिकारिक रूपमा नेपालमा ल्याएको हो ।

यो मोबाईलको बजारमा मूल्य ५९,९९९ रहेको छ । फोन सार्वजनिक अवसरमा कम्पनीले सीमित अवधिका लागि खरिदकर्तालाई करिब रु. ५,९९९ मूल्य बराबरको सिएमएफ बर्डस निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।

नथिङ को ‘बि’ सिरिजअन्तर्गतको पहिलो स्मार्टफोन आकर्षक डिजाइन, शक्तिशाली दैनिक कार्यसम्पादन, स्मार्ट सफ्टवेयर तथा दीर्घकालीन विश्वसनीयतालाई प्राथमिकता दिएको कम्पनीको दाबी छ ।

फोनमा उच्च क्षमताको स्न्यापड्रागन प्रोसेसर, अहिलेसम्मकै ठूलो ५,२०० एमएएच ब्याट्री, ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १२० हर्ज रिफ्रेस रेट डिस्प्ले तथा नथिङ ओएस सँगै विभिन्न एआईसुविधाहरू समावेश गरिएको कम्पनीले जनाएको छ । डिजाइनतर्फ कम्पनीले २० भन्दा बढी अवधारणामध्ये अन्तिम डिजाइन छनोट गरिएको बताएको छ । पारदर्शी क्यामेरा मोड्युल, थ्री-डी कर्भ एज, इको-पोलिकार्बोनेट युनिबडी र तीन तहको सुरक्षात्मक कोटिङले फोनलाई आकर्षक, मजबुत तथा फिङ्गरप्रिन्ट प्रतिरोधी बनाएको कम्पनीको दाबी छ ।

फोनमा धुलो र पानी प्रतिरोधी सुविधा रहेको छ भने ६०० न्यूटनसम्मको दबाब सहन सक्ने मजबुत संरचना दिइएको कम्पनीले जनाएको छ । यो स्मार्टफोन कालो, सेतो र निलो गरी तीन रंगमा उपलब्ध हुनेछ । फोनमा थप परिष्कृत जेल्फ ईन्टरफेस समावेश गरिएको छ, जसले सूचना, चार्जिङ अवस्था, रेकर्डिङ तथा व्यक्तिगत अलर्टहरू स्क्रिन नहेरी सहज रूपमा थाहा पाउन सहयोग गर्ने कम्पनीले जनाएको छ ।

यसले पटक-पटक स्क्रिन हेर्नुपर्ने आवश्यकता घटाई प्रयोगकर्तालाई अझ सहज अनुभव प्रदान गर्ने विश्वास गरिएको छ । ब्याट्री क्षमताका हिसाबले फोनमा रहेको ५,२०० एमएएच ब्याट्री ले करिब १८ घण्टासम्म मिश्रित प्रयोग, २२ घण्टासम्म युट्युब भिडियो हेर्न तथा २६ घण्टासम्म इन्स्टाग्राम प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । त्यसैगरी, फास्ट चार्जिङ प्रविधिका कारण करिब ३० मिनेटमा ५० प्रतिशत र एक घण्टाभन्दा केही बढी समयमा पूर्ण चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ८ : २६ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा