९ श्रावण २०८३, शनिबार | July 25, 2026

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण



बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी एकादशीका अवसरमा आज बागलुङ नगरपालिका(४ स्थित निरयघाटलाई मानवसेवा धाम बनाउने उद्देश्यसहित १०८ तुलसी रोपण गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख अम्मरबहादुर थापा, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठ, मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलगायतको उपस्थितिमा तुलसी रोपण गरिएको हो । भक्तजन र शुभेच्छुकहरूबाट प्रतिमठ रु १० हजार ५०० सहयोग लिई तुलसी रोपण गरिएको मानवसेवा धाम विकास समितिका सचिव युक्तप्रसाद सुवेदीले बताए ।

ऐतिहासिकस्थल निरयघाटलाई मानवसेवा धामका रूपमा विकास गर्न गुरूयोजना बनाएर काम सुरू गरिएको मानवसेवा आश्रमका अध्यक्ष अधिकारीले बताए । बागलुङ नगरपालिका प्रमुख श्रेष्ठले निरयघाटलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न नगरपालिकाले मानवसेवा आश्रमसँगको सहकार्यमा योजनाबद्ध रूपमा पर्यटन प्रवर्द्धनका काम अगाडि बढाएको बताए ।

सोहीस्थानमा अहिले मानवसेवा आश्रमको भवन पनि निर्माणाधीन अवस्थामा रहेको छ । केही दशकअघिसम्म निरयघाटमा हरिबोधनी एकादशी पर्वमा ठूलो मेला लाग्ने गरेकामा अहिले उक्त मेला लोप भइसकेको छ । नगरपालिकासहित सरोकार भएका निकायको साझा प्रयासमा सो ठाउँको महिमालाई पुनःजागृत गर्न पहल अगाडि बढेको हो । निरयघाटमा लक्ष्मीनारायण, जङ्गेश्वर महादेव मन्दिर, विभिन्न आश्रमलगायत धार्मिक महत्वका स्थल छन् ।

हरिशयनी एकादशीमा तुलसी रोपण तय गरिएपछि निरयघाटमा बिहानैदेखि भक्तालुहरूको चहलपहल बढेको थियो । कालीगण्डकी स्नानका लागि पनि भक्तजन यहाँ जाने परम्परा छ । भजनकीर्तनसहिस उल्लासमय वातावरणमा एकसाथ आठ सय मठमा तुलसी रोपण गरिएको थियो ।

हिन्दूधर्मअनुसार तुलसीलाई भगवान् विष्णुको प्रियस्वरूप तथा पवित्रताको प्रतीक मानिन्छ । घर आँगनदेखि मन्दिरसम्म तुलसी रोप्ने परम्पराले आध्यात्मिक शान्ति, धार्मिक आस्था र वातावरण संरक्षणको सन्देश दिने गरेको छ । हरिशयनी एकादशीदेखि चातुर्मास प्रारम्भ हुने भएकाले यस अवधिमा तुलसी रोपण, पूजाआराधना र संरक्षण गरेमा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ५ : ०८ बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कर्णाली । मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा

विद्यार्थी आन्दोलनले झुकायो भारत सरकारलाई, शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा