२४ भदौ २०८३, बुधबार | September 9, 2026

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार १ गतेदेखि ३२ गतेसम्मको विद्युत् खपतमा मूल्य अभिवृद्धि कर लाग्ने वा नलाग्ने विषयमा आन्तरिक राजस्व विभागसँग राय मागेको छ ।

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले विभागलाई पत्राचार गरेर विद्युत् प्राधिकरणले मासिक रुपमा खपत भएको विद्युत्को रिडिङका आधारमा विलिङ गर्दै आएकाले असार १ गतेदेखि ३२ गतेसम्मको खपतको विलिङ २०८३ साउन १ गतेदेखि भएको खण्डमा मूल्य अभिवृद्धि कर आकर्षित हुने वा नहुने विषयमा स्पष्ट पार्न अनुरोध गरेको छ । प्राधिरणले डिमाण्ड चार्ज वा न्युनतम चार्जमा समेत मूल्य अभिवृद्धि कर जोडिएकोमा उपरोक्त चार्जमा मूल्य अभिवृद्धि कर आकर्षित हुने वा नहुने स्पष्ट पारिदिन समेत विभागलाई आग्रह गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मूल्य अभिवृद्धि करको विषयमा भएको द्विविधाको विषयमा प्रष्ट पार्नका लागि प्राधिकरणसँग अनुरोध गरेका थिए । मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणलाई विषयको कानुनी र व्यावहारिक पक्ष स्पष्ट गरी उपभोक्तालाई अन्याय नहुने गरी समाधान खोज्न निर्देशन दिएका थिए ।

मन्त्री श्रेष्ठले कर कार्यान्वयनका क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा जोड दिँदै देखिएका अन्योल तत्काल समाधान गर्न निर्देशनसमेत दिएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  १० : २५ बजे

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

मधेस प्रदेशमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

जनकपुरधाम । मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ काउसीबोट र वडा नं ४