२५ भदौ २०८३, बिहिबार | September 10, 2026

धर्मेन्द्र प्रधान बाहिरिए, शिक्षा मन्त्रालयको जिम्मेवारी प्रल्हाद जोशीलाई



काठमाडौं । भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मुले स्वीकृत गरेकी छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको सिफारिसमा राष्ट्रपति मुर्मुले प्रधानको राजीनामा स्वीकृत गरेकी हुन् ।

प्रधानको राजीनामासँगै रिक्त भएको शिक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री मोदीले प्रल्हाद जोशीलाई दिएका छन् । जोशीले हाल उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयसँगै नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका छन् ।

भारतमा परीक्षाका प्रश्नपत्र चुहावटको घटनापछि धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले करिब एक महिनादेखि नयाँदिल्लीको जन्तर-मन्तरमा आन्दोलन गर्दै आएको थियो । आन्दोलनको दबाबबीच प्रधानले शनिबार पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ८ : ५५ बजे

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

नवनियुक्त मन्त्री साह भन्छन् – ग्यास आपूर्ति सहज बनाउने पहिलो प्राथमिकता

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार