२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन



नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा आजदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन (बीआइटी) टोली परिचालन गरिएको छ ।

सीमामा आवतजावतलाई सहज बनाउन, मानव बेचबिखन नियन्त्रण गर्न तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा उक्त विशेष टोली परिचालन गरिएको हो । देशका प्रमुख सीमा नाकाहरूमा परिचालन गरिएको बीआइटी टोली प्रत्येक स्थानमा सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा १४ सदस्यीय रहने व्यवस्था गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बागेश्वरीले जनाएको छ ।

सो टोली बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सशस्त्र प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको बीआइटीको आधिकारिक पोशाकमा खटिनेछ । प्रत्येक सिफ्टमा एक महिला सशस्त्र प्रहरी कर्मचारी समेत खटिने व्यवस्था गरिएको छ । जमुनाह नाकामा आज आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बागेश्वरी बाँकेका प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर चन्द, सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन बिष्ट, सीमा सुरक्षा गुल्म जमुनाहका प्रमुख प्रहरी नायब उपरीक्षक तीर्थ न्यौपाने तथा बिओपी जयसपुरका शसस्त्र प्रहरी निरीक्षक हिमाल केसीको उपस्थितिमा बीआइटी टोलीले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको हो ।

बीआइटी टोलीको मुख्य जिम्मेवारी सीमा क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई सहज सेवा उपलब्ध गराउनुका साथै मानव बेचबिखन तथा ओसारपसारका घटनाको रोकथाम, उद्धार र सूचना सङ्कलन गर्नु हो । साथै, प्रतिबन्धित लागूऔषध, अवैध सामान तस्करी तथा अन्य सीमा अपराधमाथि निगरानी बढाई आवश्यक कारबाहीमा सहयोग गर्ने जिम्मेवारी पनि टोलीलाई दिइएको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बागेश्वरी बाँकेका शसस्त्र प्रहरी उपरीक्षक चन्दले जानकारी दिए ।

“बीआइटी टोली परिचालन सीमा नाकामा आवश्यक थियो, अब टोली परिचालनपछि सीमा नाकामा हुने हरेक गतिविधिमाथि निगरानी गर्न सजिलो हुनेछ”, शसस्त्र प्रहरी उपरीक्षक चन्दले भने, “यसबाट अन्तरराष्ट्रिय नाकामा हुने गरेको अवैध गतिविधिमाथि नियन्त्रण गर्न समेत सकिने छ ।”

प्रधान कार्यालयबाट प्रत्यक्ष परिचालन गरिए पनि बाँकेको जमुनाहमा बीआइटी सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बागेश्वरी बाँकेको समन्वय तथा निर्देशनमा परिचालन हुने छ । बीआइटीको परिचालनसँगै जमुनाह सीमा नाकाको सुरक्षा व्यवस्था थप प्रभावकारी हुने, अवैध गतिविधि नियन्त्रण गर्न मद्दत पुग्ने तथा सीमावर्ती क्षेत्रमा नागरिकमैत्री सुरक्षा सेवा प्रवाह अझ सुदृढ हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  १० : ०७ बजे

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ब्यागेज व्यवस्थापनको ‘लाइभ फिड’ सेवा सुरु

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘उच्च पहाडी तथा

सुनको मूल्य पाँचहजार ९००ले घट्यो, चाँदीको के छ ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नारायणी

बुटवलमा आजदेखि तीनदिने दीपावली सडक खाना महोत्सव

बुटवल । नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा बुटवलमा आजदेखि