२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता



बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी मञ्च (एनवाइइएफ) रुपन्देहीबीच नवउद्यमीको प्रवद्र्धन, उद्यमशीलताको विकास तथा व्यवसायिक वातावरण सुदृढ बनाउन सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

संघको सचिवालयमा आयोजित कार्यक्रममा युवा उद्यमी मञ्चको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई दिँदै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य हरिप्रसाद अर्यालले उद्योगी-व्यवसायीका साझा समस्या समाधानका लागि सबै सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको बताए ।

अध्यक्ष अर्यालले बुटवल उद्योग वाणिज्य संघले स्थानीय आर्थिक विकास, उद्योग-व्यवसायको प्रवद्र्धन तथा निजी क्षेत्रको सशक्तीकरणमा निरन्तर भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै नवउद्यमीलाई प्रोत्साहन गर्ने अभियानमा युवा उद्यमी मञ्चसँग आवश्यक सहकार्य गर्न संघ प्रतिबद्ध रहेको बताए । उनले उद्यमशीलता विकास, व्यवसाय विस्तार तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू संयुक्त रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष अनिस कसौधनले युवा उद्यमशीलताको विकास र नयाँ व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यले मञ्च स्थापना भएको जानकारी दिँदै संस्थाले विगतदेखि नै त्यसअनुरूपका कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

उनले आगामी कार्यकालका लागि तय गरिएका कार्यक्रमका बारेमा जानकारी गराउँदै युवा उद्यमी समिटको निरन्तर आयोजना, डिजिटल मार्केटिङ तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित क्षमता अभिवृद्धि तालिम, उद्योग-व्यवसायमा प्रिभिलेज कार्ड सञ्चालन, कक्षा ८, ९ र १० का विद्यार्थी लक्षित ‘युथ इङ्गेजमेन्ट’ कार्यक्रम तथा स्टार्टअप संस्कृतिको प्रवद्र्धन जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

अध्यक्ष कसौधनले युवा उद्यमी मञ्च बुटवल उद्योग वाणिज्य संघको भगिनी संस्था भएकाले संघको अभिभावकत्व र निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गरे । उनले संघले सञ्चालन गर्दै आएको बिजनेस इन्क्युबेसन तथा व्यवसाय प्रवद्र्धनसम्बन्धी कार्यक्रममा सहकार्य गराएकोमा आभार व्यक्त गर्दै आगामी दिनमा पनि संयुक्त कार्यक्रममार्फत युवा उद्यमीलाई थप अवसर सिर्जना गर्न आग्रह गरे ।

छलफलमा दुवै संस्थाका पदाधिकारीहरूले उद्यमशीलता विकास, नवप्रवर्तन, स्टार्टअप प्रवद्र्धन तथा युवा व्यवसायीको क्षमता अभिवृद्धिका क्षेत्रमा संयुक्त पहललाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा संघका पदाधिकारीहरु वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी, सचिव प्रतीक पोखरेल, सहकोषाध्यक्ष धनकला खनाल कार्यसमितिका सदस्यहरु र युवा उद्यमी मञ्चका पदाधिकारी कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ५ : १४ बजे

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी