२६ आश्विन २०८३, सोमबार | October 12, 2026

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने



काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ ।

विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै विभागको सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नेपाली नागरिकका लागि अन्तरराष्ट्रिय आगमन तथा प्रस्थान विवरण (भ्रमण विवरण) नागरिक एपमार्फत प्राप्त गर्न सकिने नयाँ व्यवस्था मिलाइएको जनाएको छ ।

प्रेस विज्ञप्तिअनुसार यो व्यवस्था लागू भएसँगै अब भ्रमण विवरण लिनका लागि सेवाग्राहीलाई विभागमा भौतिक रूपमा उपस्थित हुनुपर्ने वा भौतिक निवेदन बुझाउनुपर्ने बाध्यताको अन्त्य भएको विभागले जनाएको छ ।

एपमा सम्बन्धित व्यक्तिको राहदानीको विवरण देखिने भएकाले व्यक्तिगत विवरण पूर्ण रूपमा सुरक्षित रहने विभागले जनाएको छ । यसअघि भौतिक रूपमा निवेदन दिँदा प्रक्रियागत झन्झट हुने, समयमा विवरण नपाइने र विभागको कार्यबोझ बढ्ने गरेकामा नयाँ प्रविधिले सेवाग्राहीको समय र लागत दुवै बचत गर्नेछ विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले बताए। उनका अनुसार विभिन्न व्यक्ति तथा सङ्घसंस्थाहरूले नागरिक एपबाटै प्राप्त गरेको यो विवरणलाई आधिकारिक स्रोतका रूपमा प्रयोग गर्न सक्नेछन् ।

प्रकाशित मिति : २६ भदौ २०८३, शुक्रबार  ४ : १६ बजे

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि

२१ सयले सस्तियो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई