११ श्रावण २०८३, सोमबार | July 27, 2026

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’



काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको बताएकी छन् ।

केही दिनदेखि बजारमा ग्यासको अभाव भएको भन्दै उपभोक्ताबाट ब्यापक गुनासो आइरहँदा मन्त्री यादवले ग्याँसको कुनै अभाव नरहेको दाबी गरेकी हुन् । बजारमा ग्याँसको मौज्दात र आपूर्ति अवस्थाबारे मन्त्रालयले नियालिरहेको उल्लेख गर्दै उनले उपभोक्तालाई त्रसित नहुन आग्रह गरेकी छन् ।

ग्याँस वितरणका क्रममा उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै मन्त्रालयले सर्वसाधारणलाई तत्कालका लागि अति आवश्यक मात्रामा मात्र ग्याँस खरिद गरी स्थिति सहज बनाउन सहयोग गर्न अनुरोध गरेको छ। अनावश्यक रूपमा ग्याँसको सञ्चय (होल्डिङ) नगर्न पनि मन्त्रालयले ध्यानाकर्षण गराएको छ।

साथै, मन्त्री यादवले बजारमा देखिएको हालको समस्यालाई तत्काल समाधान गरी आपूर्ति व्यवस्थालाई पूर्ववत् सहज बनाउन नेपाल आयल निगमलाई आवश्यक निर्देशन समेत दिएकी छन् । निगमले बजारको अनुगमन र वितरण प्रणालीलाई थप व्यवस्थित गर्ने जनाएको छ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ९ : ०४ बजे

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको