१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’



बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बुटवलमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘इ.मास ५’ सार्वजनिक गरेको छ । बुटवलको कालिकानगरस्थित बालाजी अटोमोबाइल्स प्रालिमार्फत उक्त गाडी सार्वजनिक गरिएको हो ।

कम्पनीका अनुसार नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा ल्याइएको इ.मास ५ सहरी जीवनशैली तथा दैनिक यात्रालाई थप सहज, स्मार्ट र आधुनिक बनाउने उद्देश्यका साथ बजारमा ल्याइएको हो ।

हालै मलेसियामा आयोजित ‘अलायन्ज डीएसएफ भेहिकल अफ द इयर अवार्ड-२०२६’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर-२०२६’ उपाधि जित्न सफल इ.मास ५ अत्याधुनिक प्रविधि, स्मार्ट सुविधा र आकर्षक डिजाइनले सुसज्जित रहेको कम्पनीले जनाएको छ ।

यसमा १४.६ इन्चको स्पर्श-संवेदनशील सूचना तथा मनोरञ्जन प्रणाली, ताररहित एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधा उपलब्ध छ । साथै, ७० लिटर क्षमताको अगाडिको सामान राख्ने स्थान (फ्रङ्क), ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको सामान राख्ने भाग तथा ३२ वटा सामान राख्ने छुट्टाछुट्टै स्थान रहेको व्यावहारिक डिजाइनले दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्म सहज अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

सार्वजनिककरण कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली, जगदम्बा अटोमोबाइल्सका वरिष्ठ महाप्रबन्धक सुशील क्षेत्री तथा बालाजी अटोमोबाइल्सका विशाल जैसवाललगायतको उपस्थिति रहेको थियो ।

प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी दुई संस्करणमा उपलब्ध छ । विशेष प्रारम्भिक अफरअन्तर्गत प्राइम संस्करणको मूल्य ३२ लाख र प्रिमियम संस्करणको मूल्य ३६ लाख रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

इच्छुक ग्राहकले अब बुटवलस्थित प्रोटोनको आधिकारिक प्रदर्शन कक्ष (सोरुम) मा पुगेर गाडीको प्रत्यक्ष अवलोकन, परीक्षणात्मक सवारी (टेस्ट ड्राइभ) तथा यसको आधुनिक प्रविधि र सुविधाको अनुभव लिन सक्नेछन् । साथै, सीमित अवधिसम्म लागू हुने विशेष प्रारम्भिक मूल्यमा बुकिङ (अग्रिम नाम दर्ता) समेत खुला रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ५ : ०१ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से