२७ भदौ २०८३, शनिबार | September 12, 2026

काठमाडौंबाट एक लाख २० हजार लागुऔषध क्याप्सुलसहित तीन जना पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका-१४ गाङ्खेलबाट सशस्त्र प्रहरीले एक लाख २० हजार क्याप्सुल लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर बताउने २६ वर्षीय राकेशकुमार साह, बारा कलैया उपमहानगरपालिका-५ का २१ वर्षीय नौसाद अन्सारी र ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-६ बस्ने २४ वर्षीय दीपक राई रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार भारतबाट अवैध रूपमा नेपाल ल्याएर लागुऔषध बिक्री-वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट ‘डामाडोल’ नामक लागुऔषधका एक लाख २० हजार क्याप्सुल, टाटा कम्पनीको बीएसी ७०१७ नम्बरको एउटा हात्ती गाडी, बागमती प्रदेश ०२-०६५ प ४४८९ नम्बरको मोटरसाइकल, तीन थान मोबाइल र नगद नेपाली रुपैयाँ बरामद गरेको जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई बरामद लागुऔषध, नगद, सवारीसाधन तथा मोबाइलसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ८ : ३८ बजे

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई