३ आश्विन २०८३, शनिबार | September 19, 2026

सिद्धबाबा मन्दिरमा श्रावणी मेला सुरु, साउनभर जलार्पणका धार्मिक कार्यक्रम



बुटवल । पाल्पाको प्रसिद्ध सिद्धबाबा मन्दिरमा साउन महिनालाई लक्षित गर्दै श्रावणी मेला तथा जलार्पण कार्यक्रम सुरु भएको छ । साउन १३ गतेदेखि भदौ ७ गतेसम्म विभिन्न पवित्र धार्मिक स्थलबाट जल ल्याई सिद्धबाबा मन्दिरमा अर्पण गर्ने कार्यक्रम सञ्चालन हुने भएको छ ।

सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष अरविन्द्र पाण्डेका अनुसार यस वर्ष बुधबार सिद्धसरोवर (भूतखोला)बाट जल ल्याएर मन्दिरमा अर्पण गर्दै श्रावणी मेलाको शुभारम्भ गरिएको हो ।

कार्यक्रमअनुसार साउन २१ गते रुरुक्षेत्र रिडीबाट, साउन २७ गते त्रिवेणीबाट तथा भदौ ७ गते हरिशयनी एकादशीका दिन देवघाटबाट जल ल्याएर सिद्धबाबा मन्दिरमा अर्पण गरिनेछ ।

मन्दिर विकास समितिका सचिव विष्णु पाण्डेले सिद्धपुरुष भर्तृहरिको तपोभूमिका रूपमा परिचित सिद्धबाबा मन्दिर पश्चिम नेपालको पशुपतिनाथका रूपमा विकास हुँदै गएको बताए। उनका अनुसार विगत आठ वर्षदेखि नियमित रूपमा श्रावणी जलार्पण कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

पुरातात्त्विक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण सिद्धबाबा मन्दिरमा साउन महिनाभर भगवान् शिवलाई जल चढाउन ठूलो संख्यामा भक्तजन पुग्ने गरेका छन् । समितिका कोषाध्यक्ष तोया लम्सालका अनुसार साउन महिनामा मात्रै एक लाखभन्दा बढी श्रद्धालुले मन्दिर दर्शन गर्ने गरेका छन् ।

विशेषगरी साउनका सोमबार र शनिबार मन्दिरमा भक्तजनको अत्यधिक भीड लाग्ने भएकाले समितिले श्रद्धालुको सुविधाका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ । साथै, थप दुईवटा विद्युतीय सवारी सञ्चालनमा ल्याउने तयारी पनि गरिएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको सिद्धबाबा मन्दिर निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको प्रवेशद्वार नजिकै अवस्थित छ । सिद्धार्थ राजमार्ग र सुरुङमार्ग निर्माणबाट मन्दिर तथा धर्मशालामा कुनै असर नपर्ने भएपछि मन्दिरको आम्दानी पुनर्निर्माण तथा पूर्वाधार विकासमा खर्च गर्ने योजना रहेको कोषाध्यक्ष लम्सालले बताए ।

समितिका अनुसार सिद्धबाबा मन्दिरबाट वार्षिक एक करोड रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ७ : ५० बजे

पत्रकार टेकराज थामी वेपत्ता भएकोमा पाकिस्तानी राजदूत खानद्वारा दुःख व्यक्त

काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले भोटेकोशी

नागरिकलाई निराशामा राखेर राज्यव्यवस्था सफल हुन सक्दैन : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको दैनिक जीवनसँग

अर्थमन्त्री वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११