१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता



गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाभित्रका सबै संरचना हटाउन सम्बद्ध पक्षलाई पुनः सूचना जारी गरेको छ । खोलाघर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका केही ठूला संरचना गत जेठमा महानगर आफैँले डोजर लगाएर हटाए पनि अन्य संरचना यथावत् रहे पनि महानगरपालिकाले ताकेता गरेको हो ।

महानगरपालिकाले बुधबार सार्वजनिक सूचनामार्फत केही घरधनी र संस्थाले मौखिक प्रतिबद्धताअनुसार संरचना नहटाएकामा ध्यानाकर्षण भएको जनाउँदै कबुल गरेबमोजिम संरचना हटाउन आग्रह गरेको छ ।

महानगरको आग्रहलाई अटेर गरेमा वर्षायाम सकिनासाथ खोलाघरभित्र बनेका संरचना पूर्ण रूपमा हटाउने जनाइएको छ । घरधनी र संस्थाको आग्रह र मौखिक प्रतिबद्धताअनुसार संरचना हटाउन केही समय दिइए पनि खोलाघरभित्रका अनाधिकृत संरचना हटाउने अभियान जारी रहेको महानगरले स्पष्ट पारेको छ ।

समय उपलब्ध गराउँदासमेत हालसम्म प्रतिबद्धताबमोजिम संरचना नहटाइएका भनी महानगरले आपत्ति जनाएको छ ।

फिर्केखोलाको संरक्षण र विकास गर्दै वातावरण तथा पर्यावरणमैत्री पोखरा निर्माण गर्ने अभियानमा हातेमालो गर्न महानगरले सबैमा आग्रह गरेको छ ।

पोखरा महानगरपालिकाका-१८ अधँरीकुना हुँदै फेवाताल मिसिने फिर्केखोला संरक्षण तथा सौन्दर्यीकरण गर्न वातावरण संरक्षणका लागि महाअभियानले पनि केही दिनअघि महानगरको ध्यानाकर्षण गराएको थियो ।

महाअभियानले फिर्केखोला खोलाघरमा निर्मित सबै संरचना हटाइ पैदलमार्ग र साइकल लेनसहितको करिडोर निर्माणमा जोड दिँदै आएको छ । महाअभियानका संयोजक रामबहादुर पौडेलले उक्त खोलामा अतिक्रमण हटाउन लिइएको पहल सकारात्मक भए पनि कतिपय संरचना अझै नहट्नुमा पालिका र वडाको कमजोरी रहेको बताए ।

बढ्दो अतिक्रमण, प्रदूषण, फोहरमैला व्यवस्थापनमा भएको कमजोरी, योजनाविहीन सहरीकरण तथा नियमनमा भएको लापार्वाहीले खोलाको प्राकृतिक स्वरूप र अस्तित्वमाथि नै चुनौती थपिएको महाअभियानको ठहर छ ।

पोखरा–१८ अँधेरीकुनाबाट सात वटा वडा पार गरी उक्त खोला फेवातालमा मिसिन्छ । महाअभियानले वडा नं ४, ५, ८ र ७ स्थित खोलाघरमा बाँकी रहेका विभिन्न संरचना हटाउन महानगरपालिकासँग माग गरेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ११ : ३१ बजे

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बस्ने

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली

सुनको मूल्य फेरि उकालो तर्फ

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह

काठमाडौं । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित