६ आश्विन २०८३, मंगलबार | September 22, 2026

सुनसरीमा गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, वास्तविकता बाहिर आउनुपर्छ : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको कप्तानगञ्जमा बोलबम धार्मिक यात्राका क्रममा भएको घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै प्रचण्डले उक्त घटनाले साम्प्रदायिक सद्भावमा असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरे। उनले सुरक्षा निकायको भूमिकामाथि पनि प्रश्न उठाउँदै त्यहाँ गोली चलाउनै पर्ने अवस्था वास्तवमै थियो कि थिएन भन्ने विषयमा गम्भीर अध्ययन आवश्यक रहेको बताए।

‘सुनसरीको कप्तानगञ्जमा बोलबमको धार्मिक यात्राका सन्दर्भमा उत्पन्न विवाद चर्किएर दुःखद घटनासम्म पुग्यो। यसले कतै ठूलो साम्प्रदायिक विद्वेषको रूप लिने त होइन भन्ने चिन्ता सर्वत्र व्यक्त भइरहेको छ,’ उनले भने, ‘त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन भन्ने विषयमा अध्ययन गरी वास्तविकता बाहिर ल्याउन विशेष अपिल गर्न चाहन्छु।’

प्रचण्डले घटनापछि सरकारले सर्वदलीय बैठक आयोजना गरेकोमा धन्यवाद दिँदै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सरकारले विशेष संवेदनशीलता अपनाउनुपर्ने बताए। साथै, उक्त बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिलाई भने उनले चिन्ताको विषय भएको टिप्पणी गरे।

उनले घटनाका सम्पूर्ण पक्षको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरे।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  १ : २३ बजे

भरत दाहाललाई २४ घण्टाभित्र मिसिलसहित उपस्थित गराउनू : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई २४ घन्टाभित्र

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दसैँमा घर जान यातायातको सहज व्यवस्था होस : रास्वपा सचेतक परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले दसैँको

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशनको मिति हेरफेर

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको साधारण सभा तथा

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा