१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा विकसित पछिल्लो राजनीतिक तथा सुरक्षा अवस्थाबारे मधेश केन्द्रित दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन्।

सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बिहीबार भएको छलफलमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष जयकान्त राउत, राष्ट्रिय निर्माण दलका अध्यक्ष समिम अन्सारी तथा संविधानसभा सदस्य रामकुमार शर्मालगायत सहभागी थिए।

छलफलमा मधेशमा देखिएको वर्तमान अवस्था, पछिल्ला घटनाक्रम, शान्ति–सुरक्षा, सामाजिक सद्भाव तथा समस्याको राजनीतिक र संवैधानिक निकासका सम्भावित उपायबारे विचारविमर्श भएको जनाइएको छ।

यसअघि सभापति लामिछानेले कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने रास्वपाका सांसदहरूसँग पनि छुट्टै छलफल गरेका थिए। त्यसलगत्तै उनले मधेश केन्द्रित दलका नेताहरूसँग संवादलाई निरन्तरता दिएका हुन्।

मधेश केन्द्रित दलका नेताहरूले बिहीबार नै आठ बुँदे संयुक्त विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न, पीडितलाई न्याय दिलाउन तथा सामाजिक सद्भाव कायम राख्न सरकारसँग माग गरेका थिए। संयुक्त अपिल सार्वजनिक गरेलगत्तै उनीहरू रास्वपा सभापति लामिछानेसँगको छलफलमा सहभागी भएका हुन्।

रास्वपाले संवाद र सहमतिमार्फत मधेशमा देखिएको वर्तमान समस्याको समाधान खोज्नुपर्ने आवश्यकता औँल्याउँदै सबै पक्षलाई संयम र जिम्मेवारीका साथ अघि बढ्न आग्रह गरेको जनाएको छ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ८ : १५ बजे

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन