२८ कार्तिक २०८३, शनिबार | November 15, 2026

ब्रोड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन, उद्धार अभियान तीव्र



काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा आएको हिमपहिरोपछि विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन भएको आशंका गरिएको छ ।

पाकिस्तान अल्पाइन क्लबका अनुसार बिहीबार दिउँसो करिब मध्यान्हतिर आरोहणका क्रममा टोलीमाथि हिमपहिरो खसेको थियो । प्रारम्भिक विवरणअनुसार टोलीमा रहेका १० जना आरोहीसँग सम्पर्क हुन सकेको छैन ।

सम्पर्कविहीन हुनेमा पाकिस्तान, ओमान, चीन, अमेरिका तथा नेपालमा जन्मिएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पनि रहेको जनाइएको छ ।

निर्मल पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गर्दै विश्व कीर्तिमान कायम गरेका थिए ।

घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पाकिस्तान अल्पाइन क्लबले सरकारका उच्च निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी खोज तथा उद्धार अभियान तीव्र पारिएको जनाएको छ ।

क्लबका अनुसार मौसम र सञ्चालनसम्बन्धी अवस्था अनुकूल हुनेबित्तिकै हेलिकोप्टरसहित उपलब्ध सबै उद्धार स्रोत परिचालन गरिनेछ । हाल सम्पर्कविहीन आरोहीहरूको खोजीका लागि सम्बन्धित निकायबीच निरन्तर समन्वय भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ८ : २८ बजे

Your email address will not be published.

चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह

भक्तपुर । नेपालबाट चोरी भइ विभिन्न विश्वका देश पुगेका धार्मिक

एनपिएल : विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत लुम्बिनी लायन्सले

छठ पर्वका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा

काठमाडौं । दिपावली पछिको राष्ट्रिय पर्व छठका लागि कमलपोखरीमा सम्पूर्ण

‘इनम’सँग कनेक्सन रहेको आशंकामा कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा व्यवसायी उमेश श्रेष्ठका भाइ

टिकट वितरणका नाममा आर्थिक लेनदेन गर्ने जोकोहीलाई कारबाही हुन्छ : लामिछाने

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले जनताले