१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन निर्मल पुर्जाको टोली खोज्न हेलिकोप्टर परिचालन



काठमाडौं। पाकिस्तानको काराकोरम पर्वतशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा हिमपहिरोमा परेपछि सम्पर्कविहीन बनेका नेपालीमूलका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) नेतृत्वको टोलीको खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ।

पर्वतारोही तथा प्रतिनिधिसभाका सदस्य मिङ्मा शेर्पाका अनुसार शुक्रबार बिहान स्थानीय समयअनुसार करिब ८ बजे सर्च एन्ड रेस्क्यु अभियानका लागि पाकिस्तानी हेलिकोप्टर ब्रड पिकतर्फ उडेको छ। उद्धार टोलीले मौसम र स्थलको अवस्थाअनुसार खोजी अभियान सञ्चालन गरिरहेको उनले जानकारी दिए।

यसअघि पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले बिहीबार दिउँसो ब्रड पिक क्षेत्रमा हिमपहिरो गएको पुष्टि गरेका थिए। हिमपहिरोपछि निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोलीसँग सम्पर्क हुन नसकेको जनाइएको थियो। त्यसयता टोलीको अवस्थाबारे आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन।

यसबीच, अल्पाइन क्लब अफ पाकिस्तान ले सम्पर्कविहीन १० जना आरोहीको नाम सार्वजनिक गरेको छ। सूचीअनुसार टोलीमा ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी (Nadhira Ahmed Abdullah Al Harthy), पाकिस्तानका सोहेल साखी (Sohail Sakhi), चीनका वाङ झोङ (Wang Zhong), अमेरिकाकी म्यालोरी गाइस (Mallory Geis) तथा नेपालका निर्मल पुर्जा “निम्स दाइ” (Nirmal Purja), पुरबहादुर गुरुङ “युक्ता” (Pur Bahadur Gurung “Yukta”), किली पेम्बा शेर्पा “किलु” (Kili Pemba Sherpa “Kilu”), निमा शेर्पा (Nima Sherpa), नावाङ थिन्दु शेर्पा (Nawang Thindu Sherpa) र ग्यालु शेर्पा (Gyalu Sherpa) रहेका छन्।

निर्मल पुर्जा विश्वका चर्चित उच्च हिमाली आरोहीमध्ये एक हुन्। उनले आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल अत्यन्त छोटो अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। हाल उनी पाकिस्तानको आरोहण सिजनअन्तर्गत ब्रड पिक अभियानमा सहभागी थिए।

पाकिस्तानका सम्बन्धित उद्धार निकाय, पर्वतारोहण अधिकारी तथा अभियान आयोजक संस्थाले खोज तथा उद्धार कार्य जारी रहेको बताएका छन्। मौसम अनुकूल रहेमा थप हवाई तथा स्थलगत खोजीलाई निरन्तरता दिइने जनाइएको छ।

टोलीको अवस्थाबारे आधिकारिक पुष्टि नभएसम्म उद्धार अभियानबाट प्राप्त हुने सूचनालाई आधार मानेर थप विवरण सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ११ : ०९ बजे

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली

सुनको मूल्य फेरि उकालो तर्फ

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह

काठमाडौं । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मधेस केन्द्रित दलका नेताहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक

Four Bodies Recovered in Broad Peak Avalanche, Says Alpine Club President

Kathmandu: Four bodies have been recovered by ground rescue teams