१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

ब्रोड पिक दुर्घटना अपडेट : उद्धार टोलीद्वारा चार शव फेला



काठमाडौं। पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन बनेका आरोहीहरूको खोजीका क्रममा उद्धार टोलीले चारवटा शव फेला पारेको दाबी गरिएको छ।

अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इर्फान अर्शद खानले आफ्नो इन्स्टाग्राम पोस्टमार्फत स्थलमार्गबाट परिचालित उद्धार टोलीले चार शव फेला पारेको जानकारी दिएका हुन्।

यद्यपि, यस विषयमा स्वतन्त्र रूपमा अझै पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ।

यसअघि पाकिस्तानका लागि नेपालकी राजदूत रीता धितालले घटनास्थलमा शव फेला परेको भन्ने जानकारी प्राप्त भएको स्वीकार गरेकी थिइन्। तर, आफूले त्यसबारे कुनै आधिकारिक पुष्टि प्राप्त नगरेको उनले बताएकी छन्।

पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा बिहीबार हिमपहिरो जाँदा नेपालीमूलका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)सहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन भएको थियो। ती मध्ये ६ जना नेपाली नागरिक रहेका छन् । उनीहरूको खोज तथा उद्धार अभियान अझै जारी रहेको छ।

घटनाबारे पाकिस्तानका सम्बन्धित निकायबाट आधिकारिक विवरण सार्वजनिक हुने प्रतीक्षा भइरहेको छ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ११ : ३७ बजे

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली

सुनको मूल्य फेरि उकालो तर्फ

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह

काठमाडौं । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मधेस केन्द्रित दलका नेताहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक

Four Bodies Recovered in Broad Peak Avalanche, Says Alpine Club President

Kathmandu: Four bodies have been recovered by ground rescue teams