१६ श्रावण २०८३, शनिबार | August 1, 2026

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन



काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन गरेको छ।

शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत समूहले मूल आयोजक समितिसँगै राष्ट्रिय भेलाको तयारीका लागि आवश्यक १६ वटा विभिन्न विषयगत तथा व्यवस्थापकीय समिति गठन गरिएको जानकारी दिएको हो।

प्रचारप्रसार समिति संयोजक मीनबहादुर विश्वकर्माका अनुसार मूल आयोजक समितिमा नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्य, प्रदेश कार्यसमितिका सभापति र पदाधिकारी, जिल्ला सभापति, काठमाडौं उपत्यकाभित्रका जिल्ला कार्यसमितिका पदाधिकारी, महानगर तथा नगर सभापतिलाई समावेश गरिएको छ।

यस्तै, संघीय तथा प्रदेश सांसद, पूर्वमन्त्री, भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय प्रमुखहरूलाई पनि पदेन सदस्यका रूपमा समितिमा समेटिएको उनले बताए।

राष्ट्रिय भेलालाई नीतिगत तथा व्यवस्थापकीय रूपमा सफल बनाउन राजनीतिक प्रस्ताव तयारी समिति, सांगठनिक प्रस्ताव तयारी समिति, विधान संशोधन मस्यौदा समिति, आर्थिक नीति तयारी समिति लगायतका विषयगत समिति गठन गरिएको छ।

त्यसैगरी प्रचारप्रसार, आर्थिक व्यवस्थापन, आवास तथा भोजन, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य, शान्ति–सुरक्षा तथा प्रशासन समन्वय, सचिवालय व्यवस्थापनलगायतका व्यवस्थापकीय समितिहरू पनि गठन गरिएको जनाइएको छ।

संस्थापनइतर समूहले यसअघि नै काठमाडौंमा साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्ने निर्णय सार्वजनिक गरिसकेको छ। सोही तयारीलाई तीव्र बनाउन मूल आयोजक समिति र विभिन्न उपसमितिहरू गठन गरिएको प्रचारप्रसार समिति संयोजक विश्वकर्माले बताए।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  २ : ४७ बजे

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई