१७ श्रावण २०८३, आइतबार | August 2, 2026

बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ



काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले गोली चलाएर सिक्री लुटपाट र मोटरसाइकल चोरीका घटनामा संलग्न आरोपित कर्मा तामाङलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार शनिबार राति प्रहरी कारबाहीका क्रममा गोली लागेपछि तामाङलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार पक्राउ परेका तामाङ सिक्री लुटपाट तथा मोटरसाइकल चोरीका घटनामा संलग्न रहेका थिए। गोली लागेर घाइते भएका उनको हाल उपचार भइरहेको छ ।

प्रहरीका अनुसार तामाङ यसअघि पनि पक्राउ परेका थिए । उनी जनमत पार्टीको आन्दोलनका क्रममा फरार भएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ८ : २२ बजे

सिरहाको गोलबजारमा दिनभर कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

झापा । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५०

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम । मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि

बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले गोली चलाएर सिक्री लुटपाट र